ad ad

कार


नेपालमा ५० लाखसम्म कम्प्याक्ट एसयूभी सेगमेन्टमा कस्ता गाडी आउँछन्?

नेपालमा ५० लाखसम्म कम्प्याक्ट एसयूभी सेगमेन्टमा कस्ता गाडी आउँछन्?

नेपालखबर
असोज २९, २०७७ बिहिबार ८:१८,

नेपालमा पछिल्ला वर्षमा कम्प्याक्ट एसयूभी सेगमेन्टका गाडीको माग बढ्दो क्रममा छ। नेपालमा एसयूभी सेगमेन्टकै भनेर प्रचार भइरहेका रहेको सब/कम्प्याक्ट/क्रस/मिनी एसयूभी गाडी ३५ देखि ५० लाखसम्म अधिकांश गाडी उपलब्ध छन्।

गाडी बिक्रेता कम्पनीहरुले एसयूभी सेगमेन्टका गाडीको रुपमा हुन्डाईको भेन्यु तथा के्रटा, टाटाको नेक्सन, सुजुकीको भिटारा ब्रेजा, निशानको किक्स, रेनोको डस्टर, कियाको सेल्टोस बिक्री हुँदै आएका छन्। नेपालमा एसयूभीको रुपमा बिक्री हुँदै आएका अधिकांश गाडी कार र एसयूभी सेगमेन्टका बीचका गाडी हुन्।

सामान्यतया यी गाडी सहरी यातायातका लागि उपयुक्त मानिन्छन्। १२ सयदेखि १५ सय सीसीसम्मका यस्ता गाडीबीच अत्यधिक प्रतिस्पर्धा चलेको छ।

यो वर्षको चार्डपर्वलाई लक्षित गर्दै हुन्डाईले नयाँ जेनेरेसन के्रटा भित्र्याइसकेको छ भने कियाले सोनेट गाडी भित्र्याउँदै छ। सुजुकीले केही महिनाअघि नै भिटारा ब्रेजाका नयाँ गाडी नेपाल ल्याइसकेको छ। अहिले नेपालमा अधिकांश कम्पनीले बीएस ६ इन्जिनयुक्त गाडी भित्र्याइसकेका छन्।

कम्पनीहरुले नयाँ मोडलसँगै दशैँलक्षित आकर्षक योजना समेत सार्वजनिक गरेका छन्। एसयूभी गाडी खरिदमा नगद छुट, तीन वर्षसम्मको सर्भिस निःशुल्क, बम्पर उपहारलगायतका अफर सार्वजनिक गरिसकेका छन्।

कुन गाडीको मूल्य कति?
हुन्डाईले नेपालमा कम्प्याक्ट एसयूभी सेगमेन्टका दुई मोडल बिक्री गर्दै आएको छ। जसमा भेन्युका गाडी केही सस्ता छन् भने क्रेटाका महंगा छन्। हुन्डाई भेन्युका अधिकांश भेरियन्ट ५० लाखभित्रै आउँछन्।

१२ सय सीसीको भेन्युको इ १.२ भेरियन्टको पेट्रोल इन्जिनको गाडीको मूल्य ३६ लाख २६ हजार रुपैयाँ छ। भेन्युकै एस १.२ भेरियन्टको मूल्य ३९ लाख ९६ हजार रहेको छ। भेन्युको पेट्रोल इन्जिनको सबैभन्दा महंगो भेरियन्टको मूल्य ५७ लाख ३६ हजार रहेको छ।

भेन्युको डिजेल इन्जिनको एस १.५ भेरियन्टको मूल्य ४४ लाख ५६ हजार रहेको छ।

हुन्डाईले एसयुभी सेगमेन्टमा के्रटाको नयाँ जेनेरेसन भित्र्याएको छ। के्रटाको नया जेनेरेसनको मूल्य भने ४८ लाखदेखि ६५ लाखसम्म रहेको छ। १५ सय सीसी पेट्रोल इन्जिन रहेको के्रटाको इएक्स भेरियन्टको मूल्य ४८ लाख ९६ हजार रहेको छ। के्रटाकै डिजेल इन्जिन रहेको इ भेरियन्टको मूल्य ४३ लाख ९६ हजार रहेको छ। के्रटाका अन्य भेरियन्टको मूल्य ५० लाख माथि छ।

टाटाका नेक्सन कम्प्याक्ट एसयूभी गाडी नेपालमा सर्वाधिक बिक्री हुनेमा पर्छ। टाटा नेक्सनमा सबै भेरियन्ट ५० लाखसम्म उपलब्ध छन्।

नेक्सनमा सबैभन्दा कम पेट्रोल भेरियन्टको एक्सएम भेरियन्ट रहेको छ। १२ सय सीसीको उक्त भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रहेको कम्पनीले उल्लेख गरेको छ। त्यसैगरी डिजेल इन्जिनमा एक्सई भेरियन्टको मूल्य ३८ लाख ५५ हजार रहेको छ।

नेक्सनको सबैभन्दा महंगो एक्सजेटए प्लस रहेको छ । पेट्रोल इन्जिनको मूल्य ४६ लाख ५५ हजार रहेको छ भने डिजेल इन्जिनमा ४८ लाख ९९ हजार रहेको छ।

त्यसैगरी सुजुकीको भिटारा बे्रजा भीडीआईको मूल्य ३९ लाख ४९ हजार रहेको छ। भिटारा ब्रेजा जेटडीआई प्लसको मूल्य ४४ लाख ९९ हजार रहेको छ। सुजुकीले नेपाली बजारमा मिनी एसयूभी भन्दै एसप्रेसो बिक्री गर्दै आएको छ। हजार सीसी रहेको उक्त गाडीको मूल्य २३ लाख ४९ हजारदेखि २५ लाख ४९ हजारसम्म रहेको छ।

नेपालमा राम्रो बिक्री भइरहेको एसयूभीमा निसानको किक्स पनि रहेको छ। निशान किक्सको मूल्य पनि ५० लाख आसपास नै रहेको छ। १५ सय सीसीको एक्सएल पेट्रोल भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रहेको छ। यसकै डिजेल इन्जिनको मूल्य ५० लाख ९९ हजार मूल्य तोकेको छ। किक्सको सबैभन्दा महंगो एक्सभीपी भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रहेको छ।

एसयूभी कम्प्याक्ट सेगमेन्टको किया सेल्टोसको पेट्रोल इन्जिनमा एचटीके भेरियन्ट ४९ लाख ९० हजार रुपैयाँ रहेको छ। सेल्टोसका अधिकांश भेरियन्ट ६० लाखसम्म नेपालमा उपलब्ध रहेका छन्।

कियाले सबकम्प्याक्ट एसयूभी सोनेट बुकिङ खुल्ला गरिसकेको छ। सोनेटको मूल्य ३५ लाखबाटै सुरु हुने कम्पनीले जनाएको छ।

सोनेटको एचटीई १.२ लिटर पेट्रोल इन्जिनको ३५ लाख ९० हजार, एचटीके प्लस एटी डिजेल इन्जिनको मूल्य ४९ लाख ९० हजार र एचटी एक्स डिजेल इन्जिनको मूल्य ४७ लाख ९० हजार तोकिएको छ।

एडभान्स अटोमोबाइलले विक्री गर्दै आएको रेनो डस्टर पनि यही सेगमेन्टमा रहेको छ । १५ सय सीसीको डस्टर आरएक्सइ भेरियन्टको मूल्य ३९ लाख ९० हजार रहेको छ। त्यसैगरी डस्टर आरएक्सएसको मूल्य ४३ लाख ९० हजार रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .