ad ad

कार


ड्याटसन रेडी गो परिवर्तित फिचरसहित बजार भित्रियो

ड्याटसन रेडी गो परिवर्तित फिचरसहित बजार भित्रियो

नेपालखबर
साउन ९, २०७६ बिहिबार १२:२९,

ड्याटसन इन्डिया कम्पनीले रेडी गो ह्याचब्याक फिचरमा परिवर्तित गरेर भारतीय बजारमा ल्याएको छ। यसमा ड्राइभर साइड एयरब्याग, रियर पार्किङ सेन्सर, स्पिड वार्निङ सिस्टम र सिट बेल्ट रिमाइडर छ भने एबीएस र ईबीडी सिस्टम रहेको छ।

यस्तै रेडी गो दुई इन्जिन विकल्प र इन्जिन तीन सिलिन्डर पेट्रोल इन्जिन रहेको कम्पनीले जनाएको छ। ५ स्पिड म्यानुअल ट्रान्समिसन र ८०० सीसीको इन्जिनले ५४ पीएसको पावर र ७२ एनएमको टर्क जेनेरेट गर्ने बताइएको छ। यसको इन्जिनले २२।७ किलोमिटर प्रतिलिटरको माइलेज दिने छ भने यसमा रहेको अर्को इन्जिनले १००० सीसीको हुनुका साथै ८ पीएसको पावर र ९१ एनएमको टर्क जेनेरेट रहेको कम्पनीले बताएको छ ।

यसको नयाँ मूल्य २ लाख ७९ हजार भारतिय रुपैयाँ रहेको छ र टप एस एएमटी भेरिएन्टको मूल्य ४ लाख ३७ हजार भारतीय रुपैयाँ पर्ने बताइएको छ। ८०० सीसी भएको इन्जिन चार भेरिएन्ट डी, ए, टी र एसमा र १००० सीसी भएको इन्जिन र एएमटीमा एस भेरिएन्ट मात्र रहेको छ। यो कार ५ रङ रुबी रेड, लाइन ग्रीन, ह्वाइट, ग्रे र सिल्भरमा उपलब्ध रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .