नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपाली बजारमा ल्याउने भएको छ।
हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरु मात्र भित्रिरहेका छन्। एसएमसीका उत्पादन भित्रिएपछि नेपाली ग्राहकले युरोप र उत्तर अमेरिकालगायतका अन्तर्राष्ट्रिय बजारका लागिबनाइएका सुजुकी कारको आनन्द अनुभव गर्न पाउनेछन्।
सीजी मोटोकर्पले एसएमसी जापानबाट हायर सेग्मेन्टका मात्र कार आयात गर्नेछ भने अहिलेको लाइनअपलाई निरन्तरता दिनेछ।
‘सुजुकीले नेपाली ग्राहकका लागि सबैभन्दा ठूलो रेन्जको कार उपलब्ध गराउँदै आएको छ। अब हामी सीधै एसएमसी जापानबाट प्रिमियम रेन्जका उत्पादन भित्र्याउने तयारीमा छौँ’, कम्पनीले भनेको छ।
यो च्यानलमार्फत नेपाली बजारमा भित्रिने पहिलो कार सुजुकी भिटारा हुनेछ। भिटारा युरोपेली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम एसयूभीमध्ये पर्छ। यसमा फोरह्विल सिस्टम, १.६ लिटरको शक्तिशाली इन्जिन र अन्य अत्याधुनिक फिचर रहनेछन्।
यसले यो सेग्मेन्टको ‘ड्राइभिङ एक्सपिरियन्स’लाई नयाँ उचाइमा पु¥याउने कम्पनीको विश्वास छ। भिटाराको सुरुवाती मूल्य ७९ लाख ९९ हजार हुनेछ।
सुजुकी भिटारा कार २०२१ मार्चसम्ममा नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। इच्छुक ग्राहकहरुका लागि कम्पनीले प्रिबुकिङ सुरु गरेको छ। साथै विशेष अफरको व्यवस्था समेत गरेको छ। यी गाडीहरु सीजी नेक्स्ट् जेन शोरुमहरुबाट उपलब्ध हुनेछन्।
Shares
प्रतिक्रिया