ad ad

कार


नेपालमा ३० लाखसम्म पाइने कुन कम्पनीका कस्ता गाडी?

नेपालमा ३० लाखसम्म पाइने कुन कम्पनीका कस्ता गाडी?

नेपालखबर
असोज १३, २०७७ मंगलबार ७:४३,

नेपालमा सर्वाधिक बिक्री हुने कारमा हचब्याग र एसयूभी सेगमेन्टका रहेका छन्। एसयूभी ३५ लाखदेखि ६० लाखसम्म पर्छ भने अधिकांश हचब्याग गाडी ३० लाखसम्ममा पाइन्छ। कम्पनी भेरियन्टअनुसार ३५ लाखसम्म अधिकांश हचब्याग गाडी खरिद गर्न सकिन्छ।

पहिलोपटक गाडी खरिद गर्नेले ३० लाखभन्दा तलकै गाडी चढ्ने गरेका हुन्छन्। यी गाडी अधिकांश हजारदेखि १२ सय सीसीसम्म उपलब्ध रहेका छन्। हचब्याग गाडीमा परिवारसहित लामो दूरीको यात्रा गर्न समेत सहज हुन्छ। हचब्यागमा बुट स्पेस बढी हुँदा सामग्री बढी राखी यात्रा गर्न सकिन्छ।

नेपालमा अटो व्यवसाय गर्ने अधिकांश कम्पनीले ३० लाखभन्दा तलको रेञ्जको गाडीलाई प्राथमिकता दिने गरेका छन्। टाटा, हुन्डाई र मारुती सुजुकीका धेरै मोडलबीच प्रतिस्पर्धा हुने गरेको छ।

अधिकांश हचब्यागको मूल्य २० लाखदेखि ३० लाखसम्मको रहेको छ। कोभिड १९ को कारण नाडा अटो शो नभए पनि अधिकांश कम्पनीले ३० लाखसम्मका नयाँ गाडी ल्याएका छन्। चाडपर्व लक्षित गर्दै नयाँ प्रोडक्ट सार्वजनिक गरिरहेका छन्। करिब ६ महिना ठप्प रहेको अटो बजारलाई चलायमान बनाउन आकर्षक स्किम समेत ल्याएका छन्। जसले अहिले गाडी खरिद गर्ने ग्राहकलाई धेरै फाइदा हुने देखिन्छ।

व्यवसायीले आफ्नो प्रोडक्टलाई प्रतिस्पर्धा गर्ना नगद छुटसहित, ६ महिनापछि किस्ता तिरे पनि हुने, २० देखि ३० प्रतिशतसम्म डाउनपेमेन्ट, एक वर्षको सडक दस्तुर छुट, ३/४ वर्षसम्म निःशुल्क सर्भिस, अत्यावश्यक एसेसिरिजसहितका व्यवस्था गरेका छन्।

कम्पनीहरुबीच २०२० को मोडलमा प्रतिस्पर्धा बढेको छ।

३० लाखसम्म कुन कम्पनीको कस्तो गाडी आउँछ?
अटो बजारमा ठूलो हिस्सा ओगटेको टाटा मोटर्सका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले प्रिमियम हचब्याग अल्ट्रोज हालै नेपालमा ल्याएको छ। सुरक्षाको हिसाबले ग्लोबल एनक्यापमा ५ स्टार रेटिङ पाएको गाडी हो।

tata altroz 55

अल्ट्रोज पेट्रोल र डिजेल दुवै सेगमेन्टमा सार्वजनिक भएको गाडीको मूल्य २९ लाख ९९ हजार रुपैयाँ छ। यसअघि टाटाले बेच्दै आएको १२ सय सीसीको टियागोको २५ लाख सुरुवाती मूल्य छ। त्यस्तै टाटाकै टिगोर २८ लाख सुरुवाती मूल्य रहेको छ। टियागो हचब्याग मोडल हो भने टिगोर सेडान हो।

नेपालमा बढी मोडल भएको र प्यासेन्जर कार बढी बिक्री गर्ने कम्पनीमा मारुती सुजुकी रहेको छ। सुजुकीको सबैभन्दा सस्तो अल्टो ८०० रहेको छ। १९ लाख सुरुवाती मूल्य रहेको अल्टोको हाई रेञ्जमा २३ लाखको रहेको छ। सुजुकीको वागन, सेलेरो ३० लाखभित्रै पाउन सकिन्छ। त्यसैगरी सुजुकी हजार सीसीको एस प्रेसो साढे २३ लाखमै पाइन्छ।

spresso vs alto 6

हुन्डाईको सेन्ट्रो र ग्राण्ड आईटेन गाडी ३० लाखसम्ममा पाइन्छ। २०२० का मोडलमा हुन्डाईका सेन्ट्रोको सुरुवाती मूल्य २३ लाख ९६ हजार रहेको छ। पेट्रोल इन्जिनमा रहेको उपलब्ध सेन्ट्रोको सबैभन्दा बढी अस्ता भेरियन्टको मूल्य ३१ लाख ५६ हजार मूल्य रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ। हुन्डाईको सेन्ट्रो १०८६ सीसीको गाडी हो।

हुन्डाईको ग्राण्ड आईटेनको म्याग्नाको ३० लाख ५६ हजार रहेको छ। केही दिनअघि मात्रै नेपालमा बिक्री सुरु भएको आई टेनको निओसको मूल्य ३० लाख ९६ हजार पर्छ। ११९७ सीसीका ग्राण्ड आईटेन पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ।

hyundai grand i10 nios

फक्सवागनको नेपालका लागि आधिकारिक बिक्रेता पुजा इन्टरनेशनलले सबैभन्दा बढी पोलो मोडलका प्रिमियम हचब्याग कारहरु बिक्री गर्दै आएको छ।

पुजा इन्टरनेश्नलले सन् २०१० देखि नेपालमा फक्सवागनका गाडीहरु बिक्री गरिरहेको छ। पोलोको सुरुवाती मूल्य २८ लाख ९५ हजार रहेको छ।

New Polo Aa aa66

नेपालमा ड्याट्सनका लागि आधिकारिक वितरक पायोनर मोटोकर्पले ड्याट्सनको बीएस ६ रेडी गोको बुकिङ खुल्ला गरिसकेको छ। रेडी गोको मूल्य २३ लाख ९९ हजार रहेको छ। ड्याटसन गोको सुरुवाती मूल्य २५ लाख ९९ हजार रहेको छ। पायोनर मोटोकर्प नै आधिकारिक बिक्रेता रहेको निशानको मिक्रा एक्टिभको सुरुवाती मूल्य साढे २७ लाख रहेको छ। १२ सय सीसीको गाडी ३ वटा भेरियन्टमा उपलब्ध रहेको छ।

bs6 ready go

रेनो ब्राण्डका आधिकारिक वितरक एडभान्स अटोमोबाइल्सले क्विडको नयाँ गाडी सार्वजनिक भएको छ। बीएस ६ मापदण्डमा क्विड सार्वजनिक गरेको हो। रेनोले क्विडको ‘आरएक्सटी ओ’ भेरियन्ट १.० लिटर पेट्रोल इन्जिन उपलब्ध रहेको ९९८ सीसी क्षमताको इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क उत्पादन गर्छ। सुरुवाती मूल्य २४ लाख ९९ हजार रहेको छ।

रेनोको हजार सीसीको ट्रिबरको पनि ३० लाख भित्र खरिद गर्न सकिन्छ। यसको सुरुवाती मूल्य २८ लाख २० हजार रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .