ad ad

कार


भारतमा मारुती सुजुकीले बेच्यो ४० लाख अल्टो कार

भारतमा मारुती सुजुकीले बेच्यो ४० लाख अल्टो कार

नेपालखबर
साउन २९, २०७७ बिहिबार १२:७,

मारुती सुजुकीले उत्पादन गर्दै आएको अल्टोले सर्वाधिक बिक्रीमा रेकर्ड कायम गरेको छ। मारुती सुजुकीले एउटै ब्राण्डमा ४० लाख बिक्री गरी रेकर्ड कायम गरेको बताएको छ।

मारुती इन्डिया र सुजुकी जापानको संयुक्त लगानीमा ३६ वर्षदेखि भारतमा मारुती सुजुकीका गाडी उत्पादन गर्दै आएका छन्।

कम्पनीले सुरुमा सन् २००० मा भारतीय बजारमा सार्वजनिक गरेको थियो। हालसम्म अल्टो कार भारतमा ४० लाखभन्दा बढी बिक्री भएको कम्पनीले जनाएको हो।

मारुती सुजुकी इन्डिया लिमिटेड मार्केटिङ तथा सेल्सका कार्यकारी निर्देशक शशांक श्रीवास्तवले भारतमा ४० लाख गाडी बिक्री भएको बताए। उनले १६ वर्षदेखि भारतको सर्वाधिक बिक्री हुनेमा अल्टो एक नम्बर रहेको बताए।

मारुती सुजुकी अल्टो–८०० भारतमा ‘इन्ट्री लेभल’ कारको रुपमा बिक्री हुँदै आएको छ। भारतमा बीएस ६ इन्जिन मापदण्डमा अल्टो बजारमा बिक्री हुँदै आएको छ।

कम्पनीले १० लाख युनिट अल्टो बिक्री गर्न ८ वर्ष कुर्नुपरेको थियो। त्यसपछिको ४ वर्षमा नै अल्टो अर्को १० लाख युनिट बिक्री भएको कम्पनीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

नेपालमा अल्टो–८०० को गाडी निजी सवारीसाधनको तुलनामा ट्याक्सीको रुपमा बढी प्रयोगमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .