भारतीय कार उत्पादन कम्पनी टाटा मोटर्सको नयाँ उत्पादन टाटा नेक्सन कार बिक्रीको लागि खुला भएको दुई वर्ष नपुग्दै यसको बिक्री एक लाख कटेको छ।
टाटा नेक्सन लन्च भएको २२ महिना मात्र पुगेको छ। यद्यपी यसको लोकप्रियताका कारण दुई वर्ष नपुग्दै यसले एक लाखको कोशेढुंगा पार गरेको हो।
कार नियमन संस्था ग्लोबल एनसीएपीका अनुसार टाटा नेक्सन सुरक्षाको दृष्टीले अत्यन्त भरपर्दो छ। एनसीएपीले यस कारलाई फाइभ स्टार रेटिङ गरेको छ।
टाटा मोटर्स कम्पनीका अन्य उत्पादनको बिक्री घट्दो छ। यद्यपी टाटा निक्सनको व्यापार भने राम्रो भएको कम्पनीको भनाइ छ।
कम्पनीले एक लाखभन्दा बढी टाटा नेक्सन बिक्री गरेपछि उसले खुशी व्यक्त गरेको छ। यसले आफूहरुलाई थप उर्जा र आत्मबल दिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया