ad ad

कार


नेपालमा बीएस–६ रेनो क्विडको बुकिङ खुल्यो, मूल्य २४ लाख ९९ हजार

नेपालमा बीएस–६ रेनो क्विडको बुकिङ खुल्यो, मूल्य २४ लाख ९९ हजार

नेपालखबर
साउन १५, २०७७ बिहिबार ९:३४,

नयाँ फिचरका साथ आएको बीएस–६ रेनो क्विड नेपालमा बुकिङ खुलेको छ। रेनोको आधिकारिक वितरक एडभान्स अटोमोबाइलले नेपालमा बुकिङ खुल्ला गरेको हो।

रेनोले क्विडको ‘आरएक्सटी ओ’ भेरियन्ट १.० लिटर पेट्रोल इन्जिन उपलब्ध रहेको ९९८ सीसी क्षमताको इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क उत्पादन गर्छ।

एडभान्स अटोमोबाइलका जेनेरल म्यानेजर अधिर श्रेष्ठले पहिलेको तुलनामा आधुनिक फिचरसहित आएको नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार क्विडमा पावर विन्डो, दुई एयरब्याग, रियर पार्किङ सेन्सर, एन्ड्रोइड अटो, एप्पल कार प्ले, रियर सिट आर्मेस्ट, एयरब्याग, एबीएस, ईबीडी, रियर सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम जस्ता नयाँ फिचर उपलब्ध रहेको छ।

गाडीको इन्टेरियरमा भने परिवर्तन भएको छ। डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टेयरिङ ह्विल, ८.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ।

नयाँ क्विडको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .