ad ad

कार


सुजुकीको १५०० सीसी पेट्रोल इन्जिनयुक्त नयाँ भिटारा ब्रेजा बजारमा, सुरुवाती मूल्य ४१ लाख ६९ हजार

सुजुकीको १५०० सीसी पेट्रोल इन्जिनयुक्त नयाँ भिटारा ब्रेजा बजारमा, सुरुवाती मूल्य ४१ लाख ६९ हजार

नेपालखबर
साउन १३, २०७७ मंगलबार ७:२३,

नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ। स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयूभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरु रहेका छन्।

१४६२ सीसीको ‘के–सिरिज’ बीएस६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजाले निश्चित रुपमा ग्राहकलाई सन्तुष्ट बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ। ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ।

‘नेपाली ग्राहक कार छनोटमा कुनै सम्झौता गर्नुहुन्न। चार वर्षअघि सार्वजनिक गरिएको भिटारा ब्रेजा नेपालमै सबैभन्दा बढी बिक्री भएको एसयूभीमध्ये पर्छ। नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको छ। हामीलाई विश्वास छ, यो नयाँ एसयूभीले ग्राहकको मन जितेर अघिल्ला पुस्ताको भिटारा ब्रेजाको विरासतलाई अझ माथि पु¥याउनेछ’, सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने।

सन् २०१६ मा सार्वजनिक भएको भिटार ब्रेजाले केही समयमै अटो बजारमा तहल्का मच्चाउँदै सबैभन्दा बढी अवार्ड हासिल गर्न सफल एसयूभी बनेको थियो। नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी शक्तिशाली रहेको कम्पनीको दाबी छ। यसमा सेग्मेन्टमै सबैभन्दा बढी र कसैसँग नभएको फिचरहरु रहेको कम्पनीले जनाएको छ।

नयाँ भिटारा ब्रेजामा सेग्मेन्टमै पहिलो पटक डुअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिंग ओआरभीएम जस्ता फिचर छन्। साथै यसमा १७.७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिंग आईआरभीएम, रेन सेन्सिंग वाईपर, क्रुज कन्ट्रोल, डाईमन्ड–कट एलोई ह्विल रहेका छन्।

नयाँ भिटारा ब्रेजमा सेफ्टी प्याकेजलाई स्ट्यान्डर्डको रुपमा राखिएको छ। स्टेट अफ आर्ट टीईसीटी च्यासिस्, डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आईसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटर प्रिटेन्सनसहितको सिट बेल्ड पनि स्ट्यान्डर्डको रुपमा राखिएको छ।

दुई भेरिएन्टमा आएको यो कारको भीएक्सआईको मूल्य ४१ लाख ६९ हजार र जेटएक्सआईको ४४ लाख ६९ हजार रुपैयाँ बजार मूल्य रहेको छ।

बजार मूल्यमा सुरुवाती छुटस्वरुप ३ लाख ७० हजार रुपैयाँ पहिलो ५० भिटारा ब्रेजा बिक्रीमा मात्र लागू गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .