ad ad

कार


भारत आउँदै हुन्डाईको हाइड्रोजन कार, नेपालमा कहिले आउला?

भारत आउँदै हुन्डाईको हाइड्रोजन कार, नेपालमा कहिले आउला?

नेपालखबर
साउन १, २०७६ बुधबार १२:२४,

भारतमा पहिलो लामो दूरीको विद्युतीय सवारीसाधन ल्याएको हुन्डाईले अर्को ‘ग्रिन कार’ ल्याउने योजना बनाएको छ। कम्पनीले सन् २०२१ भित्रै आउने नयाँ कार विद्युतीय मात्र नभई हाइड्रोजन पावरवाला एसयूभी ‘द नेक्सो’ भारतमा ल्याउने भएको हो।

हुन्डाई मोटर भारतका म्यानेजिङ डाइरेक्टर तथा सीईओ एसएस किमले द नेक्सो यसअघि नै कोरियामा बिक्रीवितरण भइरहेको जानकारी दिए। भारतको नयाँ दिल्ली–एनसीआर क्षेत्रमा उक्त कारका लागि आवश्यक पूर्वाधार बनाउन साझेदारी गर्ने उनले जानकारी दिएको भारतको एक अनलाइनले समाचारमा जनाएको छ। कारको इलेक्ट्रिक मोटरलाई शक्ति दिन द नेक्सोमा हाइड्रोजनले नै इन्धनको काम गर्नेछ। यसको ६ सय किमिभन्दा बढी रेन्ज रहेको छ। किमका अनुसार कारले युरोपको वर्ल्ड हार्मोनाइज्ड लाइट ड्युटी भेहिकल टेस्ट प्रोसिड्युर टेस्ट (डब्ल्युएलटीपी टेस्ट)मा ६ सय किमि, कोरियन टेस्ट साइकलमा ८ सय किमि रेन्ज दिएको जनाउँदै सीईओ किमले भारतमा यसले १ हजार किमिभन्दा बढी रेन्ज दिने बताए।

द नेक्सोको इलेक्ट्रिक मोटरको आउटपुट १६३पीएस रहेको र ३९५ एनएम टर्क पावर रहेको छ। यसले ९.२ सेकेन्डमा शून्यबाट १ सय किमि प्रतिघण्टाको गति लिनसक्ने क्षमता राख्छ। ४ हजार ६ सय ७० एमएम लामो यो कार क्रेटा र टक्सनभन्दा ठूलो छ। यसमा तीनवटा हाइड्रोजन इन्धन ट्यांक रहेको छ भने प्रत्येकमा ५२.२ लिटर क्षमता रहेको छ। कुल इन्धन क्षमता १ सय ५६.६ लिटर रहेको यो कारमा पूरा इन्धन भर्न ५ मिनेट लाग्ने पनि कम्पनीको भनाइ छ।

हुन्डाईले यो कार सन् २०१८ मा भएको भारत–कोरिया समिटमा शोकेस गरेको थियो। यसको परीक्षण सन् २०२० मा हुनेछ। यसको मूल्य भने कोना इलेक्ट्रिकको २५.३ लाखभन्दा बढी हुनसक्नेछ। पूर्वाधार तयार नभएसम्म भारतका सीमित सहरमा मात्रै यो कार गुड्नेछ। भारतमा आएपश्चात् यो कार नेपालमा पनि आउनसक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .