ad ad

कार


भारतमा मात्रै ३ लाख ५० हजार रेनो क्विड बिक्यो, बीएस६ मापदण्डको रेनो सार्वजनिक

भारतमा मात्रै ३ लाख ५० हजार रेनो क्विड बिक्यो, बीएस६ मापदण्डको रेनो सार्वजनिक

नेपालखबर
असार २३, २०७७ मंगलबार ११:१४,

रेनो क्विडले भारतमा मात्रै ३ लाख ५० हजार गाडी बिक्री गरी कोशेढुंगा पार गरेको बताएको छ। कम्पनीले गाडी बिक्रीमा कोशेढुंगा पार गरेको जानकारी दिँदै भारतमा रेनोले भारत स्टेज ६ (बीएस ६) क्विड सार्वजनिक गरेको छ ।

कम्पनीले आरएक्सएल १ लिटर भेरिएन्टमा ४ लाख १६ हजार भारतीय रुपैयाँमा सार्वजनिक गरेको हो।

आरएक्सएल १ लिटर एमटी र एएमटी भजर्नमा उपलब्ध रहेको छ। रेनोले भारतमा ‘बाई नाओ पे लेटर’ अफर समेत सार्वजनिक गरेको छ।

आठ सय सीसीको इन्जिन क्षमताको क्विड प्रतिकिमि २५ माइलेज दिन्छ। ५३.२ बीएच पावर रहेको गाडीमा ५ सिट क्षमता रहेको छ।

क्विड भारतबाट ४५ हजार बाहिरी देशमा निर्यात भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .