ad ad

कार


किया, टाटा र हुन्डाईका विद्युतीय कार आउँदै, यी हुन् मूल्य र विशेषता

किया, टाटा र हुन्डाईका विद्युतीय कार आउँदै, यी हुन् मूल्य र विशेषता

रमेश पोख्रेल
असार २९, २०७६ आइतबार ११:१४,

सवारीसाधन निर्माता कम्पनी किया, टाटा र हुन्डाईको विद्युतीय कार नेपाल आउने भएको छ।

कोरियाली कम्पनी कियाको विद्युतीय कार एक हप्ताभित्रै नेपाली बजारमा सार्वजनिक गरिने तयारी गरिएको छ भने टाटाको अल्ट्रोज भदौमा राजधानीमा हुने नाडा अटो शोमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ। त्यस्तै, हुन्डाईले पनि आगामी अगष्ट महिनामा ह्याचब्याक कार ग्रान्ड आइ१० को अल न्यू मोडल विश्व बजारमा सार्वजनिक गर्ने भएको छ।

कियाको निरो
कियाको निरो कार नेपालमा भित्रिसकेको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले जनाएको छ। ट्रेडिङका अनिश लामिछानेका अनुसार किया निरो नेपाली बजारमा अबको एक हप्तामा बिक्री गर्ने तयारी भएको छ। निरोका लागि नेपाली ग्राहकबाट ८५ वटा गाडी ‘अर्डर’ भए पनि करिब १०० युनिटको बुकिङ भएको लामिछानेले जानकारी दिए।

niro ev

किया निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ। १५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बीएचपी पावर र ३९५ एनएम टर्क शक्ति उत्पादन गर्छ। यो कारले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटर गति दिनसक्ने उनले बताए। अगाडिको ग्रिलमा कम्बाइन चार्चिङ सिस्टम दिइएको यो इलेक्ट्रिक एसयूभी डिसी फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्नेछ। साथै, एक पटकको फुलचार्जमा उक्त गाडीले ४ सय ८० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ।

नेपालमा यस कारकाे मूल्य ६४ लाख ९० हजार पर्ने कम्पनीले जनाएकाे छ।

टाटा अल्ट्रोज
यता भारतीय कम्पिनी टाटा मोटर्सले उत्पादन गरेको प्रिमियम ह्याचब्याक कार अल्ट्रोज अर्को महिना अर्थात् अगस्टमा बजारमा ल्याउने बताएको छ। उक्त कार नेपालमा भने भदौमा मात्रै आइपुग्नेछ। सवारीसाधनको ठूलो प्रदर्शनी नाडा अटो शोमा सार्वजनिक उक्त कार सावजनिक गर्ने तयारी भएको छ । यसको मूल्य नेपाली बजारमा ३३ लाखदेखि ३५ लाख रुपैयाँसम्म पर्ने बताइएको छ।

tata altroz ev

टाटाले अल्ट्रोजको उत्पादन मोडल यही वर्षको जेनेभा अटो शोमा सार्वजनिक गरिएको थियो। २.० डिजाइन ल्यांग्वेजमा अल्ट्रोज बनेको हो। यस कारमा एलइडी प्रोजेक्टर हेडल्याम्प, डेटाइम रनिङ लाइट, अलोय ह्विल, मल्टिपल राइडिङ मोड, इन बिउल्ड नेभिगेसन, भ्वाइस कमान्ड, एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटीलगायत रहेको छ। अल्ट्रोजमा सेमी–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको कम्पनीले बताएको छ। टाटा अल्ट्रोज १.२ लिटर टर्बो पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिन भेरिएसनमा रहेको छ।

फ्युडलिक प्रविधिमा आधारित मोडलको फ्रन्टमा ग्रिल, नयाँ डिजाइनको अलोय ह्वील, सार्पर हेडलाइट र न्यु टेलाइट रहेको छ। कारमा हुन्डाई भेन्यूमा प्रदान गरिएको जस्तै ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ।

हुन्डाई ग्रान्ड आई १०
हुन्डाईले पनि आफ्नो नयाँ कार अगस्टमा विश्व बजारमा ल्याउने भएको छ। कम्पनीका अनुसार ह्याचव्याक कार ग्रान्ड आइ १० को अल न्यू मोडल सार्वजनिक गर्ने तयारी भएको हो। ग्रान्ड आई–१० मा कनेक्टिभिटी सिस्टम प्रदान गरिएको कम्पनीले जनाएको छ। स्पाई लुकमा निर्माण भएको यस ह्याचब्यकको एक्सटेरियर र इन्टेरियरमा स्पोर्टी लुक रहेको छ।

Hyundai i10 Electric

फ्युडलिक प्रविधिमा आधारित मोडलको फ्रन्टमा ग्रिल, नयाँ डिजाइनको अलोय ह्विल, सार्पर हेडलाइट रहेको जनाएको छ। यसमा ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ। १.२ लिटर कप्पा इन्जिनले ८३ बीएचपी पावर उत्पादन गर्छ भने इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स रहेको कम्पनीले बताएको छ। यसको इन्जिनमा ५ स्पिड म्यानुअल ट्रान्समिसन र अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ। बीएस–६ मापदन्ड अनुरुपको इन्जिन लगाइएको कम्पनीले जनाएको छ।

विश्वबजारमा सार्वजनिक भएलगत्तै कार नेपालमा पनि  आउनेछ। 

फाइदा धेरै, आकर्षण बढ्दो
पछिल्लो समय अधिकांश कार निर्माताहरु एकपछि अर्को गरी विद्युतीय सवारीसाधन निर्माणमा जुटेका छन्। सोही कारण कम्पनीहरुबीच नयाँ विद्युतीय कार बजारमा ल्याइरहेका छन्। विद्युतीय कारमा फाइदा धेरै हुने भएकाले आकर्षण पनि बढेको छ। केही फाइदा यस्ता छन् –

. वातावरणको क्षेत्रमा आइरहेको परिवर्तन र ग्लोबलवार्मिङजस्ता संकटसँग लड्न यस्ता इलेक्ट्रिक कारहरु निकै फाइदाजनक हुन्छन्। किनकि यी सवारीसाधनहरु जेरोइमिसनका हुन्छन्। पेट्रोलियम पदार्थको प्रयोगबाट औसत १०–१५ रुपैयाँ प्रतिकिलोमिटर खर्च लाग्ने तर इलेक्ट्रिक कारको प्रयोग गर्दा ३–५ रुपैयाँ प्रतिकिलोमिटर मात्र खर्च आउँछ।

.कारको मेन्टिनेन्समा आउने खर्चसमेत निकै कम हुन्छ। पेट्रोल वा डिजेलकारमा २ हजार पिस मुभिङ पार्टसको प्रयोग भएको हुन्छ भने इलेक्ट्रिक कारमा जम्मा २० वटा मात्रै मुभिङ पाट्र्सको प्रयोग भएको हुन्छ।

. इलेक्ट्रिक कारमा लुब्रिकेन्ट फेरिरहने झन्झट हुँदैन। किनकि ग्यासोलिन इन्जिनजस्तो यसमा लुब्रिकेन्ट नै हाल्नुपर्दैन। जसले गर्दा महिना–महिनामा सर्भिसिङमा लानुपर्ने समय र पैसा दुवै जोगाउँछ। इलेक्ट्रिक कारहरु चलाउन पनि निकै सहज हुने भएकाले आकर्षण बढिरहेको छ।

. इलेक्ट्रिक कारमा टेलिम्याट्रिक्सको प्रयोग गरिएको हुन्छ। यसको सहयोगले घरभित्र वा घरबाट टाढै बसेर पनि कारको चार्जलगायत अन्य विषयहरुमा जानकारी पाउन सकिन्छ । इलेक्ट्रिक कारको अर्को सबैभन्दा ठूलो फाइदा यसले साउन्ड पोलुसन (ध्वनि प्रदूषण) गर्दैन। नेपालको सन्दर्भमा इलेक्ट्रिक कारको वार्षिक सडक कर तिर्नुपर्दैन। सरकारले यसमा शतप्रतिशत छुट दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .