ad ad

कार


सामसुङको फाइभजी कार भारतमा सार्वजनिक, रिमोटबाटै कन्ट्रोल गर्न सकिने

सामसुङको फाइभजी कार भारतमा सार्वजनिक, रिमोटबाटै कन्ट्रोल गर्न सकिने

नेपालखबर
असार २६, २०७६ बिहिबार ६:२६,

 भारतीय अटो बजारमा इन्टरनेट कनेक्टेड एसयूभी आएको छ। सामसुङले ५जी रिमोट कार सार्वजनिक गरेको हाे।

गाडीमा ५जी ई–सिम बेस्ड टेक्नोलोजी रहेको कम्पनीले जनाएको छ।  यो कारलाई ५ हजार माइलको दूरीबाट पनि रिमोटको मद्दतले कन्ट्रोल गर्न सकिनेछ।

कुनै पनि स्थानबाट रिमोट कन्ट्रोलले नियन्त्रण गर्न सकिन्छ। यो कारलाई चलाउनको लागि डेजिनेटेड ड्राइभर टेलीअपरेसन सिस्टम, नयाँ सामसुङ ग्यालेक्सी एस१० ५जी र सामसुङ भीआर हेडसेटको साथै भोडाफोन ५जी नेटवर्कको प्रयोग गरिएको छ।

डेजिनेटेड ड्राइभरको फ्रन्टमा ६ स्क्रिन जडान गरिएको छ। साथै कारलाई कन्ट्रोल गर्नको लागि स्टेयरिङ ह्विल र प्याडल सिस्टम पनि समावेश गरिएको छ। सो कारको परीक्षण गुडवुड फेस्टिभलभन्दा ५ हजार माइलको दूरीबाट गरिएको थियो। कारलाई रिमोट कन्ट्रोल गर्न लिटेन्सी रेन्ज १०० मिलिसेकेन्ड रहेको छ।

सामसुङले गुडवुड फेस्टिभल अफ स्पिडमा विश्वको पहिलो रिमोट कन्ट्रोल ५जी कार सार्वजनिक गरेको थियो। भोडाफोन र डेजिनेटेड ड्राइभरको मद्दतले तयार पारिएको थियो। सो कारको सहायताले कम्पनीले आउने समयमा ५जी टेक्नोलोजी कतिको पावरफुल हुन्छ भन्ने देखाउन खोजेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .