ad ad

कार


नोभेम्बरदेखि मारुती अर्टिगा क्रशको दोस्रो संस्करण आउने

नोभेम्बरदेखि मारुती अर्टिगा क्रशको दोस्रो संस्करण आउने

नेपालखबर
असार २५, २०७६ बुधबार ५:२७,

मारुती सुजुकीले भारतीय बजारमा अर्टिगाको दोस्रो संस्करण नोभेम्बरमा सार्वजनिक गर्ने बताएको छ। कम्पनीले नोभेम्बरमा उक्त मोडललाई भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको हो।

अर्टिगाको दोस्रो संस्करण रेगुलर मोडलभन्दा प्रिमियम लुकमा आउने कम्पनीले जनाएको छ। प्रोमिनेन्ट र अगेरशिप नोज, सार्पर हेडलाटसँगै इन्टिग्रेटेड एलइडी डे टाइम रनिङ लाइट, नयाँ फ्रन्ट बम्परसँगै क्रोम ट्रिटमेन्ट, एक्सक्लुसिभ अलोय ह्विलको विशेषता रहेको छ।

कम्पनीका अनुसार नयाँ अर्टिगामा ६ वटा सिट राखिने र बीएस–६ मापदन्ड अनुरुपको के १५ स्मार्ट हाइब्रिड पेट्रोल इन्जिन रहेको छ। यसमा उपलब्ध इन्जिनले ६ हजार आरपीएममा १०४.६ पीएस पावरका साथै ४४ सय आरपीएममा १३८ एनएम टर्क उत्पादन गर्न सक्नेछ।

यसको प्रतिलिटर २५.४७ किलोमिटर माइलेज दिन सक्ने मारुती सुजुकीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .