ad ad

कार


बीएस६ मापदण्डको महिन्द्रा अल्ट्रास जी४ भारतमा सार्वजनिक

बीएस६ मापदण्डको महिन्द्रा अल्ट्रास जी४ भारतमा सार्वजनिक

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ७:३१,

महिन्द्रा अल्ट्रास जी४ बीएस ६ मापदण्डको कार भारतमा लञ्च भएको छ। २.२ लिटर डिजल इन्जिन भएको एसयूभीको ७ सिटे गाडी हो।

लकडाउन समयमा अनलाइन बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। डेलिभरी भने लकडाउन खुलेपछि मात्रै हुनेछ। यसको मूल्य २८ लाख ६९ हजार भारतीय रुपैयाँबाट सुरु भई ३१ लाख ६९ हजारसम्म रहेको छ।

एसयुभी अल्ट्रास जीफोर फोर वाई टु र फोर वाई फोर गरी दुई भेरियन्टमा उपलब्ध छ।

अल्ट्रास जीफोर २१५७ सीसी सहित ४ सिलिन्डर आयल बर्नर हो । ४ हजार आपीएममा १७८ बीपीएच र १६००देखी २६०० आरपीएममा ४२० एनएम टर्क जेनेरेट गर्छ ।

गाडीको सेफ्टी फिचर्समा ४ वाई२ मा ड्युल एयरब्याग र फोर वाई फोरमा ९ एयर ब्याग, विद्युतीय पार्किङ ब्रेक, सिट बेल्ट वार्निङलगायतका फिचर्स रहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .