ad ad

कार


सन् २०२१ को मार्चभित्र हुन्डाई माइक्रो एसयुभी ‘एएक्स’ बजारमा आउने

सन् २०२१ को मार्चभित्र हुन्डाई माइक्रो एसयुभी ‘एएक्स’ बजारमा आउने

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ९:२८,

सन् २०२१ को मार्चसम्म हुन्डाईले माइक्रो एसयुभी ‘एएक्स’ बजारमा ल्याउने तयारी गरेको छ। हुन्डाईले माइक्रो एसयूभी ‘एएक्स’ निर्माण गर्ने गत वर्ष घोषणा गरेको थियो।

हुन्डाईले बनाउन लागेको उक्त माइक्रो एसयूभी भारतीय बजारलाई केन्द्रमा राखेर निर्माण सुरु गरिएको दक्षिण कोरियाली पत्रिका ‘डिजिटल टाइम्स’ले उल्लेख गरेको छ। उसका अनुसार ग्वान्झु प्लान्टबाट वार्षिक ७० हजार यूनिट माइक्रो एसयूभी उत्पादन हुने अनुमान रहेको छ।

हुन्डाईको माइक्रो एसयूभी प्रोजेक्टको काम भइरहेको बताइएको छ। बजारमा आएसँगै हुन्डाईको यो सबैभन्दा सस्तो माइक्रो एसयूभी हुनेछ। यसले रेनो क्वीड, मारुती सुजुकी एस–प्रेसो, टाटा हर्नविलसँग प्रतिस्पर्धा गर्नेछ।

कम्पनीले एएक्स कोड नेममा उत्पादन गरिरहेको उक्त माइक्रो एसयूभीमा १.० लिटर टर्बो इन्जिनमा ल्याउने छ। कम्पनीको यो मोडल सेन्ट्रो र ग्रान्ड आई १० को बीचको मोडल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .