ad ad

कार


जर्मन एसयुभी ब्रान्ड बगवार्ड नेपाल आउँदै

जर्मन एसयुभी ब्रान्ड बगवार्ड नेपाल आउँदै

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ७:५०,

डीएसएम ग्लोबल प्रालिले जर्मन एसयुभी ब्रान्ड बगवार्डका एसयुभीहरु नेपाल भित्र्याउने भएको छ।

नेपालका लागि बगवार्डको आधिकारिक विक्रेता डीएसएम ग्लोबलले बगवार्ड ग्रुपको क्षेत्रीय उत्पादक तथा वितरक गो ब्रिमेन मोटर्समार्फत नेपालमा बगवार्ड ब्रान्डको बीएक्स५ एसयुभी भित्र्याउन लागेको हो। जुन मलेसियाबाट फ्ल्यागअफ भइसकेको छ ।

Borgward 1

गो ब्रिमेन मोटर्स मलेसिया र आसपासको क्षेत्रको लागि बगवार्ड ग्रुपएजी (जर्मनी र चीन)को एसेम्ब्लिङ तथा वितरण पार्टनर हो। गो ब्रिमेन मोटर्सले मलेसियाको केदाहमा बगवार्ड अटोमोबाइलको एसेम्ब्ली प्लान्ट सञ्चालन गर्दै आएको छ जहाँबाट उत्पादित एसयूभीहरु म्यान्मार, श्रीलंका, बंगलादेश, मरिसस र अन्य मुलुकमा निर्यात हुन्छ।

‘काठमाडौंमा रहेको डीएसएम ग्लोबलसँग आबद्ध हुनपाउँदाहामीगर्व महसुस गरिरहेका छौं । हामीले डीएसएम ग्लोबललाई नेपालमा बगवार्ड अटोमोबाइलको सेल्स, सर्भिस, स्पेयर्स र एसेसोरिजको आयाततथा प्रबद्र्धन तथा बिक्रीवितरणका लागि नियुक्त गरेका छौं । हामीलाई विश्वास छ, अटो क्षेत्रमा दुई दशकको अनुभव भएको डीएसएम ग्लोबलले एफ्टर सेल्सलाई पनि उत्तिकै प्राथमिकतामा राख्नेछ,’ गो ब्रिमेन मोटर्सको आधिकारिक वेबसाइटमा लेखिएको छ ।

Borgward BX5 1

डीएसएम ग्लोबललेपहिलो चरणमा बगवार्ड बीएक्स५ नेपालमाभित्र्याउनलागेको हो । ४.४ मिटर लामो, १.८ मिटर चौडा र १.६ मिटर अग्लो यो फाइभ–सिटर १.४ लिटर र २.० लिटर गरी दुई वटा पावरट्रेन अप्सनमाउपलब्ध छ । १.४ लिटरको फोर सिलिन्डर टर्बो इन्जिनले ५,५०० आरपीएममा १५० पीएस पावर र ४,५०० आरपीएममा २५० एनएमटर्कउत्पादन गर्छ भने २.० लिटर टर्बोइन्जिनले ५,५०० आरपीएममा २२४ पीएस र ४,५०० आरपीएममा ३०० एनएम टर्क उत्पन्न गर्छ ।

दुवै इन्जिनमा६ स्पिड अटोमेटिक ट्रान्समिसन छ । त्यसैगरी, २.० लिटर इन्जिनअल ह्विल ड्राइभमा उपलब्ध छ । यसमो एसईडी डीआरएलसहितका अटोमेटिक हेलोजिन हेडल्याम्प, एलईडी टेललाइट, किलेस इन्जिन, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्ट, डुअलजोन एअर कन्डिसनिङ, ४.२ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर डिस्प्ले र क्र्युज कन्ट्रोल रहेका छन् ।

Borgward BX5 2

दुवै भेरियन्टमा ६ वटा एअरब्याग, भेहिकल स्ट्याबिलिटी कन्ट्रोल, एबीएस, इबीडी, ब्रेक असिस्ट, इलेक्ट्रोनिकपार्किङ ब्रेक, टायर प्रेसर मनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट र इलेक्ट्रोनिक डिफेरेन्सियल सिस्टम र हिल डिसेन्ट कन्ट्रोल रहेका छन् ।

जर्मन प्रिमियम ब्रान्ड आउडी, मर्सिडिज र बीएमडब्लुसँग तुलनाहुने बगवार्डको स्थापनाजर्मनीमापहिलो विश्वयुद्धलगत्तै सन् १९१९ माजर्मनीको ब्रिमेनमा भएको थियो । जर्मनीको आर्थिक पुनर्जागरणमा समेत महत्वपूर्ण भूमिका खेलेको बगवार्डले हाल सबै सेग्मेन्टका अटोमोबाइल उत्पादन गर्नुका साथै बस, वारुणयन्त्र, पानीजहाज र हवाइ उपकरणको समेत निर्माण गर्छ ।

सन् १९५५ देखि १९५८ को समयलाई स्वर्णयुगको स्वर्णयुग मानिन्छ जसबेलाउसले ५१ भन्दा बढी विश्व रेकर्ड कायम गरेको थियो । केही समयका लागि सुस्ताएको यो ब्रान्ड सन् २००८ पछि फेरि लयमाफर्किएको थियो । पारम्परिक जर्मन डिजाइन र इन्जियिरिङको उत्तम नमुना यसका उत्पादनमा देखिन्छ ।

हाल बगवार्डले ‘बी–जी–डब्लु’ नीतिअबलम्बनगर्दै आएको छ जसको पूर्ण रुप ‘ब्रान्ड हेरिटेज’ (ब्रान्ड सम्पदा), जर्मन इन्जिनियरिङ र ‘वल्र्डवाइड डिस्ट्रिब्युसन’ (विश्वव्यापी वितरण) हो ।

उसको लाइनअपमाअहिले लाइनअपमा बीएक्स३, बीएक्स५, बीएक्स६, बीएक्स७, बीएक्स७आईटीएस (इलेक्ट्रिक) र बीएक्सटीएस ७ लिमिटेड एडिसन रहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .