ad ad

कार


टाटा मोटर्स र चेरीको कम्प्याक्ट एसयूभी २०२१ सम्ममा विश्व बजारमा आउँदै

टाटा मोटर्स र चेरीको कम्प्याक्ट एसयूभी २०२१ सम्ममा विश्व बजारमा आउँदै

नेपालखबर
असार २०, २०७६ शुक्रबार ५:५,

 भारतीय कम्पनी टाटा मोटर्स र चिनियाँ अटोमोबाइल चेरीले विश्व बजारमा कम्प्याक्ट एसयूभी संयुक्त लगानीमा निमार्ण गर्ने बताएका छन्। कम्पनीले संयुक्त लगानी र योजनामा निर्माण हुने यो मोडल २०२१ सम्ममा विश्वबजारमा ल्याउने बताएको छ ।

ब्ल्याक बर्ड एसयूभीको लम्बाई करिब ४३३८ मिटर हुने कम्पनीले जनाएको छ। एसयूभी अल्फा र ओमेगा प्ररम्भिक निमार्णका कार्यहरु सुरु भइसकेको बताइएको छ। मिडसाइज एसयूभीको लागि ल्यान्ड रोभरबाट ओमेगा प्लाटफर्ममार्फत भएको कम्पनीहरुले जनाएका छन्।

टाटा मोटर र चिनियाँ अटोमोबाइल कम्पनी चेरीले मिलेर हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्नका लागि कम्प्याक्ट एसयूभी निर्माण गर्न लागिएको बताएको छ।

चिनियाँ अटो कम्पनी चेरीले टाटा मोटरसँगको सहकार्यले भारतीय बजारमा स्थापित हुन नयाँ बाटो निर्माण गर्ने अपेक्षा लिएको जनाएको छ।यसबाट ब्ल्याक बर्ड एसयूभी निर्माणका लागि अतिरिक्त प्लाटफर्म निर्माण हुने टाटा कम्पनीले जनाएको छ।

यी दुई ठूला अटो उत्पादक कम्पनीले संयुक्त रुपमा लगानी, योजनासँगै नयाँ अवधारणासहित भारतीय बजार प्रवेश गर्दा आगामी दिनमा प्रविधि र उत्पादनमा गुणस्तर प्रतिस्पर्धा बढ्ने जनाएको छ। २०१२ देखि चेरी र टाटा मोटर्सले सहकार्य गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .