ad ad

कार


मारुती सुजुकीको भिटारा ब्रेजा भारतमा सार्वजनिक

मारुती सुजुकीको भिटारा ब्रेजा भारतमा सार्वजनिक

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ८:४५,

भारतमा मारुती सुजुकीले भिटारा ब्रेजा फेसलिफ्ट सार्वजनिक गरेको छ। नयाँ मारुती ब्रेजा बीएस ६ मापदण्डयुक्त पेट्रोल इन्जिनमा उपलब्ध भएको हो।

नयाँ ब्रेजामा १.५ लिटरको पेट्रोल इन्जिन छ, जसले १०३ बीएचपी पावर र १३८ एनएम टर्क जेनेरेट गर्छ। यसका साथ ५–स्पिड म्यानुअल र ४–स्पिड अटोमेटिक गियरबक्स अप्सन छ। पहिले सो एसयूभी डिजेल इन्जिनमा मात्र उपलब्ध थियो। जसको मूल्य ७ लाख ३४ हजारदेखि ११ लाख ४० हजार भारुसम्म तोकिएको छ।

म्यानुअल गियरबक्समा ब्रेजाको माइलेज १७.०३ किलोमिटर र स्मार्ट हाइब्रिड टेक्नोलोजीका साथ आउने अटोमेटिक ट्रान्समिसन भेरिएन्टको माइलेज १८.७६ मिलोमिटर भएको कम्पनीले दाबी गरेको छ।

मारुती सुजुकीको यो गाडीलाई केही दिन पहिले भारतमा सम्पन्न अटो एक्सपोमा प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .