ad ad

कार


हुण्डाईले ल्यायो ५५ लाख ९६ हजार पर्ने नयाँ विद्युतीय कार

हुण्डाईले ल्यायो ५५ लाख ९६ हजार पर्ने नयाँ विद्युतीय कार

नेपालखबर
फागुन १२, २०७६ सोमबार १३:५१,

लक्ष्मी इन्टरनेशनल प्रा.लि., हुण्डाईको नेपालका लागि आधिकारिक डिलरले आफ्नो नयाँ इलेक्ट्रिक कारको आयोनिक २०२० लन्च गरेको छ। हुण्डाई आयोनिकको यो नवीनतम भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ आएको छ। यो नयाँ इलेक्ट्रिक प्रिमियम सेडानले इलेक्ट्रिक गाडीको जगतमै नयाँ आयाम रच्ने छ। यसको अत्याधुनिक प्रविधिले राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झन्झटमुक्त बनाउने हुण्डाईले विश्वास लिएकाे छ।

आयोनिकमा ३८ ३केडब्लुएच इलेक्ट्रिक मोटरको साथ १००केडब्लुको ब्याट्री पावर छ र यसको अधिकतम स्पीड १६५ केपीएच छ। जसले यसलाई बिना झनझट लामो दूरीको यात्राको लागि उत्कृष्ट बनाउँछ र यसको ड्राइभिङ्ग रेन्ज ३११ कि.मि. छ। यो पूर्ण ईलेक्ट्रीक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाज बिना आरामले गुड्छ।

नयाँ आयोनिक २०२० मा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्र प्रदान गर्दछ र यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङ्गको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्छ। आयोनिक २०२० को साथ ग्राहकले अब इलेक्ट्रिक गाडी किन्दा लुक्समा सम्झौता गर्नु पर्दैन किनकि यसमा एलइडी डीआरएल र हेडल्याम्पस, स्मार्ट ईलेक्ट्रीक सनरुफ र नयाँ आइकोनिक ग्रील छ।

यसमा विभिन्न आरामदायी र सहुलियतका विशेषताहरु छन्, जस्तै कि ८ इन्चको फ्लोटिङ टच स्क्रीन, हिटेड र भेन्टिलेटेड सिटहरु, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जर इत्यादी। यसै गरी यी गाडीहरु ७–एयर ब्याग सिस्टम, हिल एसिस्ट कन्ट्रोल (एचएसी), एन्टी–लक ब्रेकिङ्ग सिस्टम (एबीएस), इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), रियर पार्किङ्ग क्यामरा र सेन्सरहरु जस्ता सुरक्षावद्र्धक विशेषताहरुले भरिपूर्ण छ।

उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई हुण्डाईले आयोनिक २०२० को साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ।

हुण्डाई ग्राहकहरुको बारे सोच्ने ब्राण्ड हो र हामी हाम्रो भावी सन्ततीलाई फाइदा हुने दीर्घकालीन परिवर्तन ल्याउन सफा मोबिलिटी समाधान प्रदान गर्नका लागि प्रतिबद्ध रहेके कम्पनीले जनाएके छ। ग्राहकहरुलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता नगरी विविध वातावरण मैत्री गाडीहरुबाट प्रेरित गर्न हुण्डाई भविष्यको पूर्णरुपले तयार छ।

उक्त गाडीकाे मूल्य ५५ लाख ९६ हजार रहेकाे कम्पनीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .