ad ad

कार


रेनो ट्राइबर नेपालमा सार्वजनिक

रेनो ट्राइबर नेपालमा सार्वजनिक

नेपालखबर
माघ ८, २०७६ बुधबार १३:९,

पछिल्ला केहि वर्ष नेपाली बजारमा लाेकप्रिय बन्दै गएकाे रेनोकाे ट्राइबर माेडेल बुधबार नेपालमा एक कार्यक्रमबीच सार्वजनिक भएको छ।

नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोेमोबाइल्सले सो गाडि काठमाडौंमा लञ्च गरेको हो।

रेनो इन्डियाका प्रमुख सरन भाटियाले हालसम्म भारतमा सो मोडेलका ६ लाख गाडि बिक्रि गरिसकेको बताएका छन। लचिलो, आकर्षक र सुपथ मूल्य भएका कारण ट्राईवरलाई बजारमा रुचाइएको उनले बताए।

४ भिन्न विशेषतामा यी गाडीहरु उपलब्ध रहेको र तिनको शुरू मूल्य २८ लाख २० हजार रहेको छ।

सुरक्षाका लागि यसमा डुअल फ्रन्ट एयरब्याग, एबीएस, रियर पार्किङ सेन्सर र हाई स्पिड अलर्ट सहित पावर स्टेरिङ, पावर फ्रन्ट विन्डो, एन्टीलक ब्रेकिङ सिस्टम, एयर कन्डिसनर, ड्राइभर एयरब्याग, हिटर, कि लेस इन्ट्रि, स्टार्ट स्टप बटम, कुल ग्लोभ बक्स, ४ ओटा एयर ब्याग लगायतका विशेषता रहेका छन्।

रेनो ट्राइबरमा ९९९ सीसीको ३ सिलिन्डर इन्जिन छ, जसले ७२ एचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५–स्पिड म्यानुअल तथा ५–स्पिड एएमटी गियरबक्स छ।

पूर्ण ट्याङ्की इन्धन क्षमता ४० लिटर रहेको ट्राइबरको माइलेज प्रतिलिटर २० किलोमिटर रहेको कम्पनीको दाबी छ। रेनो ट्राइबरको ह्विलबेस २ हजार ६ सय ३६ एमएम छ भने यसको ग्राउन्ड क्लियरेन्स १ सय ८२ एमएम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .