ad ad

कार


हुन्डाई कोना इलेक्ट्रिकले कायम गर्‍यो गिनिज वर्ल्ड रेकर्ड्स

हुन्डाई कोना इलेक्ट्रिकले कायम गर्‍यो गिनिज वर्ल्ड रेकर्ड्स

नेपालखबर
माघ ७, २०७६ मंगलबार ५:३३,

हुन्डाईको विद्युतीय एसयूभी कोनाले गिनिज वर्ल्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ। हुन्डाई कोना इलेक्ट्रिक पहिलो विद्युतीय एसयूभी हो।

यसलाई ५ हजार ७ सय ३१ मिटरको उचाइमा टिबेटको साउला पाससम्म चलाइएको थियो। यसपछि कोनाले ५ हजार ७ सय १५.२८ मिटर उचाइको अन्य इलेक्ट्रिक कारको पछिल्लो रेकर्ड सजिलै तोडेको कम्पनीले जनाएको छ।

हुन्डाई कोना इलेक्ट्रिकले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्नु हुन्डाईसँग सम्बन्धित हरेक व्यक्तिको लागि गर्वको पल हो र यो ज्यादै उल्लेखनीय उपलब्धि हो। कोना इलेक्ट्रिकले इलेक्ट्रिक भेहिकलसम्बन्धी विभिन्न भ्रमहरुलाई तोडेर इलेक्ट्रिक क्रान्ति ल्याउन सफल भएको छ।

वास्तवमा भन्ने हो भने कोनाले हुन्डाईको सधैं अघि बढ्ने भावनालाई दर्शाउँछ। इमिसन इम्पोसिबल मिसनअन्तर्गत, कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फरमेन्स गर्दा कुनै सम्झौता नगरी आफ्नो क्षमतालाई प्रमाणित गरेको छ।

Image result for hyundai kona electric

गिनिज वर्ल्ड रेकर्डसका एक्जुकेटर, ऋषि नाथले भने, ‘सर्वाधिक उचाइमा पुग्ने इलेक्ट्रिक कारको लागि हासिल गरेको यो उपाधिका लागि हुन्डाई मोटरलाई म हार्दिक बधाई दिन चाहन्छु। यो उपलब्धीसँगै हुन्डाईले इतिहासमै किर्तीमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ ।’

यो सफलतासँगै कोना ईलेक्ट्रीक कठोर परिस्थितिहरुमा ज्यादै विश्वसनीय रहेको कुरा प्रमाणित गरेको छ। यस अभियानमा कोना ईलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा पनि राम्रो प्रदर्शन गरेको कम्पनीको भनाइ छ।

कोना इलेक्ट्रिकमा रहेको इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले जस्तोसुकै बाटोको अवस्थामा पनि गाडी स्टेबल रहने कुरा पुष्टि गरेको छ। प्रविधि र पर्फरमेन्सको बेजोड सम्मिश्रण रहेको यो ग्रीन कार एउटा सच्चा प्रदर्शक हो र सर्वाधिक उचाइमा पुगेर रेकर्ड राख्ने पहिलो इलेक्ट्रिक गाडी हो।

यस अभियानको दौरानभरि नै कोना इलेक्ट्रिकलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएको थियो । कारलाई कार किन्दा प्रदान गरिने स्ट्याण्डर्ड पोर्टेबल चार्जरले रातभरि चार्ज गरिएको थियो । शिखरमा चढाउँदा पनि यसको पर्पmर्मेन्समा कुनै समस्या देखा परेको थिएन। शिखरबाट ओर्लिने बेला चाहिं स्मार्ट पावर रिजेनेरेसन सिस्टमको मद्दतले गाडीले ड्राईभिङ्ग रेन्जलाई कम्प्लीमेन्ट गरेको थियो ।

यस सफलताले कोना ईभीको पावरफुल पर्पmर्मेन्सलाई चरितार्थ गरेको छ र जस्तोसुकै मौसमी अवस्था र भू–भागमा उत्कृष्ट पर्फरमेन्स दिर्ने सुनिश्चितता प्रदान गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .