ad ad

कार


सोनी कम्पनीले पनि विद्युतीय गाडी निर्माण गर्ने

सोनी कम्पनीले पनि विद्युतीय गाडी निर्माण गर्ने

नेपालखबर
पुस २२, २०७६ मंगलबार ८:३५,

विश्व प्रसिद्ध सोनी कम्पनीले विद्युतिय गाडीको कन्सेप्ट (अवधारणा) सार्वजनिक गरेको छ। सोनीले नयाँवर्ष २०२० मा सप्राईज दिदै ‘भिजन एस’ कन्सेप्ट सार्वजनिक गरेको हो।

सोनीले इन्टरटेन्मेन्टका उत्पादन, सेन्सर क्यामरा लगायतका सामग्रीको कन्सेप्ट सार्वजनिक भएको छ।

विद्युतीय गाडीभित्र र बाहिर ३३ प्रकारका सेन्सर सहित मनोरञ्जन डिस्प्ले, ३६० अडियो कनेक्टीभीटी रहेको छ। भिजन एस विद्युतीय गाडीको नयाँ डिजाइन प्लेटफर्मको लागि हो।

सोनीले अटोमोटिभ सप्लायर मग्नासँग सहकार्य गरी सेडान र एसयुभी विद्युतीय सवारीको लागि उत्पादन गर्ने बताएको छ ।

सोनीको सीईओ केनिचिरो योशिदाले भने, ‘यस प्रोटोटाइपले गतिशीलताको भविष्यमा हाम्रो योगदानलाई समेट्छ ।’ यसबाहेक सोनीले धेरै कुरा खुलाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .