ad ad

कार


नेपाल भित्रियो कियाको सेल्टोस कार, यस्ताे छ विशेषता र मूल्य

नेपाल भित्रियो कियाको सेल्टोस कार, यस्ताे छ विशेषता र मूल्य

नेपालखबर
पुस १, २०७६ मंगलबार १२:७,

केही समयअगाडि भारतीय बजारमा सार्वजनिक भएको कियाको सेल्टोस कार नेपाल भित्रिएको छ। कियाका लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल्स ट्रेडिङले भित्र्याएको हो।

सेल्टोसको नयाँ गाडी गत नाडा अटो शोमा बुकिङ खुल्ला कम्पनीले नेपालमा खुला गरेको थियो। गाडी काठमाडौंमा आए पनि बुकिङका गाडी वितरणमा केही समय लाग्ने कम्पनीले बताएको छ।

सेल्टोसमा सेगमेन्टकै पहिलो ८ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टच स्क्रिन रहेको छ । यसको इन्जिन १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध रहेको छ ।

कारमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन मिल्नेलगायत विशेषता रहेका छन्।

किया मोटर्सका लागि नेपालको आधिकारीक बितरक कन्टीनेन्टल ट्रेडिङले सेल्टोसलाई विभिन्न ५ भेरियन्टमा रहेका छन्। कम्पनीले सेल्टोसको सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकेको छ भने टप भेरियन्टको एचटीएक्स प्लसको मूल्य ६६ लाख ९० हजार तोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .