ad ad

कार


एक पटक चार्ज गर्दा ६ सय किमि कुद्ने बीएमडब्लुको आई–४ कार

एक पटक चार्ज गर्दा ६ सय किमि कुद्ने बीएमडब्लुको आई–४ कार

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १२:७,

बीएमडब्लुले आई–४ विद्युतीय कारको मुख्य विशेषताहरु सार्वजानिक गरेको छ। कम्पनीले सन् २०२१ पछि आफ्नो मुख्य प्लान्ट म्युनिखबाट नै आई ४ गाडी उत्पादन गर्ने भएको हो।

बीएमडब्लुले विद्युतीय गाडी उत्पादन गर्ने पहिले नै बताएको थियो। आई ४ स्पोटी डिजाइनमा निर्माण गरिने कम्पनीले बताएको छ। यो गाडी पाँचौँ पुस्ताको इ–ड्राइभ टेक्नोलोजीको हुने छ। पाँचौं पुस्ताको इ–ड्राइभ टेक्नोलोजीमा पहिलो गाडी बीएमडब्लु आईएक्स ३ उत्पादन हुँदै छ।

आई–४ विद्युतीय गाडी एकपटक चार्ज गरेपछि छ सय किलोमिटर चल्न सक्ने कम्पनीले दाबी गरेको छ। यसको लागि इलेक्ट्रिक मोटर, चार्जिङ युनिट र हाई भोल्टेज ब्याट्री पूरै नयाँ विकास गर्ने उल्लेख गरेको छ। गाडीले करिब ५३० बीपीएच पावर जेनेरेट गर्ने बताएको छ।

आई–४ विद्युतीय गाडीको हाई स्पिड २ सय किमि प्रतिघण्टा हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .