ad ad

कार


यस्तो छ प्रतिघण्टा चार सय किमि रफ्तारमा दौडिन सक्ने विद्युतीय ‘हाइपर कार’

यस्तो छ प्रतिघण्टा चार सय किमि रफ्तारमा दौडिन सक्ने विद्युतीय ‘हाइपर कार’

नेपालखबर
मंसिर ८, २०७६ आइतबार ७:२१,

दुवईमा भएको मोटरशोमा विश्वकै द्रुतगतिको कार अनावरण गरिएको छ। पूर्ण विद्युतीय ‘आस्पार्क आउल’ कारले १.६९ सेकेन्डमै ६० माइल प्रतिघण्टा गतिमा पुग्न सक्ने बताइएको छ।

जापानी उत्पादक आस्पार्कका अनुसार उही गतिमा पुग्ने रिम्याकको कन्सेप्ट २ र टेस्लाको रोडस्टर रहेको छ। तर आस्पार्कले भने यी दुईभन्दा पनि छिटौ दौडिने दाबी गरिएको छ। रिम्याकको कन्सेप्ट २ ले १.८५ सेकेन्डमा र टेस्लाको रोडस्टरले १.९ सेकेन्डमा उक्त गतिमा पुग्न सक्छन्।

द आउलको प्रोटोटाइप पहिलोपकट सन् २०१७ मा सार्वजनिक गरिएको थियो तर फाइनल भर्सन भने दुवईको प्रतिष्ठित कार प्रदर्शनीमा अनावरण गरिएको हो। तीव्र गतिको कीर्तिमानसँगै आस्पार्कले यस्तो कार पहिलो जापानी उत्पादन भएको दाबी गरेको छ। यो पूर्ण विद्युतीय र टप टायर सुपर कार हो।

aspark owl 2

यसमा लिथियम आयन ब्याट्री, २०१२ ब्रेक हर्सपावर क्षमता छ भने ८० मिनेटमै पूर्ण चार्ज गर्न सकिने बताइएको छ। यसको अधिकतम गति २५० एमपीएच अर्थात् प्रतिघण्टा ४०२ किमिको रहेको छ।

आस्पार्कका प्रमुख मासानोरी योशिदाले जर्मनीमा रहेको नर्बग्रिङ रेसट्राकमा अर्को वर्ष मार्चमा अधिकतम गतिको कीर्तिमानका लागि परीक्षण गर्ने बताएका छन्। यो कार कार्बन फाइबर र स्टेनलेस स्टिल फ्रेममा बनेको छ। ९९ सेन्टिमिटर अग्लो यो कार सडकमा अत्यन्त सानो आकारको रहेको छ।

यसको तौल समेत १ सय २० किलो मात्रै रहेको छ। यसलाई अत्यन्त हलुका सवारीसाधनका रुपमा पनि लिन सकिन्छ। यही नोभेम्बर १६ मा दुवई मोटरशो समापन भएको थियो। सीएनएनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .