ad ad

कार


किया मोटर्सले नयाँ एसयूभी सेल्टोस नेपालमा सार्वजनिक गर्दै

किया मोटर्सले नयाँ एसयूभी सेल्टोस नेपालमा सार्वजनिक गर्दै

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार ११:५,

किया मोटर्सले नयाँ एसयूभी सेल्टोस नेपाली बजारमा यही मंसिरभित्रै सार्वजनिक गर्ने भएको छ। किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले सेल्टोस नेपाली बजारमा ल्याउनलागेको हो।

ट्रेडिङले विभिन्न ५ भेरिएन्टमा सो एसयूभी नेपाली बजारमा उपलब्ध हुने जानकारी दिएको छ। दुईवटा पेट्रोल र तीनवटा डिजेल भेरिएन्टका सेल्टोस नेपालमा बिक्री गर्ने कम्पनीले जनाएको छ। यसमा एचटीके र एचटीके प्लस भेरिएन्ट पेट्रोलमा छ भने एचटीके प्लस, एचटीके प्लस अटोमेटिक र एचटीएक्स प्लस डिजेलमा ल्याउने भएको छ।

कम्पनीले सेल्टोसको सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकेको छ भने टप भेरिएन्टको एचटीएक्स प्लसको मूल्य ६६ लाख ९० हजार रुपैयाँ तोकेको छ। एचटीएक्सको मूल्य ५९ लाख ९० हजार, एचटीके प्लसको भने पेट्रोल एमटीको ५३ लाख ४० हजार, डिजेल एमटीको ५७ लाख ९० हजार र डिजेल एटीको ६० लाख ९० हजार मूल्य राखिएको छ।

हालसम्म यसको दुई सयभन्दा बढी बुकिङ समेत भइसकेको कम्पनीले जनाएको छ।

सेल्टोस पेट्रोलमा दुई अप्सन १.५ लिटर टेक लाइन र १.४ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन तथा डिजेलमा १.५ लिटर टर्बोचार्ज्ड अप्सनमा रहेको छ।

डिजेल भेरिएन्टतर्फ यो कारको हर्सपावर ४ हजार आरपीएममा ११५ पीएस, अधिकतम टर्क १५ सयदेखि २७ सय ५० सम्म आरपीएममा २५० एनएम रहेको छ। त्यस्तै पेट्रोलतर्फ यो कारको हर्सपावर क्षमता ६ हजार आरपीएममा १४०पीएस÷११५ पीएस, अधिकतम टर्क क्षमता १५ सयदेखि ३२००÷४५०० आरपीएममा २४२ एनएम÷१४४ एनएम रहेको छ।

किया सेल्टोसमा मुख्य गरी प्रोजेक्टर हेडल्याम्प, प्रोजेक्टर फगल्याम्प, ईबीडी र एबीएससहितको डुअल एयरब्याग, आठ इन्च टचस्क्रिन इन्फोटेन्मेन्ट, एन्ड्रोइड अटो, एप्पल कारप्ले र भ्वाइस रिकग्निसन, ब्लुटुथ र स्टिअरिङ माउन्टेड कन्ट्रोल, रियर पार्किङ सेन्सरसहितको रियरभ्यु क्यामरा, ड्राइभिङ रियर भ्यु मोनिटर, इलेक्ट्रिक टर्न इन्डिकेटर, रुफ रेल, रियर एसी भेन्टलगायतका फिचरहरु रहेका छन्। भेरिएन्टअनुसार यी फिचरहरु रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .