ad ad

कार


साढे २५ लाखसम्म पर्ने सुजुकीको ‘एस–प्रेसो’को बिक्री खुल्ला

साढे २५ लाखसम्म पर्ने सुजुकीको ‘एस–प्रेसो’को बिक्री खुल्ला

नेपालखबर
मंसिर १, २०७६ आइतबार ८:२९,

सुजुकी गाडीको बिक्री वितरण गर्दै आएको सीजी मोटोकर्पले कम्पनीको नयाँ गाडी एस–प्रेसोको बिक्री खुल्ला गरेको छ। सुरक्षालाई प्राथमिकता दिइएको गाडीमा उत्कृष्ट प्रविधियुक्त एस प्रेसो नेपाली बजारमा सार्वजनिक गरिएको हो।

नेपालका लागि सुजुकी फोर ह्विलर तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले बजारमा ल्याएको गाडी एसयूभीजस्तै आधुनिक र ‘बोल्ड’ डिजाइनयुक्त रहेको कम्पनीले जनाएको छ। गाडीको बोल्ड र शक्तिशाली एसयूभी ‘लुक्स’ले अरुभन्दा भिन्न देखाउँछ।

s presso launch in nepal 3

हार्टटेक्ट प्लेटफर्मको पाँचौँ पुस्तामा यो गाडीको निर्माण गरिएको हो । यसमा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएकाले यसको बनोटलाई बलियो, सुरक्षित र कठोर बनाइदिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

नयाँ गाडीमा १० भन्दा बढी सुरक्षा व्यवस्था रहेको छ भने ३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत बिक्री वितरण हुने कम्पनीको भनाइ छ। त्यस्तै एसप्रेसोमा वेस्ट इन क्लास फिचरहरुलाई प्राथमिकता दिएको छ। सीजी माेटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले ग्राहकलाई पहिलो प्राथमिकतालाई अनशुरण गर्दै एसप्रेसो नेपाल भित्र्याएको बताए। उनले बेस्ट भ्यालु प्राइसमा बेस्ट इन डिजाइन, टेक्नोलजी र सेफ्टीयुक्त गाडी नेपाली ग्राहकसामु ल्याउँदा खुसी भएको बताए।

s presso launch in nepal 2

यस्ता छन् फिचरहरु
नयाँ सुजुकी एसप्रेसोको डिजाइन बोल्ड र एसयूभी गुणयुक्त छ। यसको अपराइड एपिल ब्याकडोर डिजाइनका कारण एसयूभीजस्तै देखिन्छ। मोर्डन प्लस बडीको अनुपातलाई सावधानीपूर्वक डिजाइन गरिएको छ। १८० एमएम हाई ग्राउन्ड क्लियरेन्स, डोर सिल, आर १४ टायरजडित वर्गाकार ह्विल आर्कजस्ता आकर्षक डिजाइनहरु प्रयोग भएको छ।

s presso launch in nepal 1

त्यस्तै एसप्रेसो सेग्मेन्टमै पहिलोपटक स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल राखिएको छ। म्युजिक, इन्टरमेन्ट र नेभिगेसनको लागि स्मार्ट प्लेजडित टचस्क्रिन रहेको छ। त्यस्तै एप्पल कार प्ले वा अन्य कुनै स्मार्ट प्ले स्टुडियो एक्पकम्पेटिबल समेत जडान गरिएको छ। सेफ्टीतर्फ पनि उत्तिकै ध्यान दिइएको छ। यसमा डुअल एयरब्याग, ईबीडी, एबीएस, प्रि टेन्सनर, फोर्स लिमिटर, सिट बेल्ट, रियर पार्किङ सिस्टम, हाइ स्पिड वार्निङ एलर्ट, रिभर्स पार्किङ सेन्सरलगायतका सुरक्षा फिचर छन्।

यो गाडी ३५६५ एमएम लामो, १५६४ एमए उचाइ र १५२० एमएम चौडाइको रहेको छ। २३८० एमएमको ह्विलबेस तथा २१.७ केएमपीएल इन्धन पर्याप्तता, सोलिड सिजलओरेन्ज, पर्ल स्टेरी ब्लु, सुपेरियर ह्वाइट, सोलिड फायर रड मेटालिक ग्रेनाइट ग्रे र मेटालिक सिल्की सिल्भर कलर रेन्जहरु रहेका छन्। गाडीको म्याक्सिमम टर्क ३५ सय आरपीएममा ९० एनएम तथा म्याक्सिमम पावर ५५ सय आरपीएममा ५० किलोवाट रहेको छ।

मूल्य
चार भेरिएन्टमा उपलब्ध यो गाडीको स्ट्यान्डर्डको मूल्य २२ लाख ९९ हजार, एलएक्सआईको २३ लाख ९९ हजार, भीएक्सआई २४ लाख ९९ हजार र भीएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .