भारतमा औडी गाडीको ए६ नयाँ पुस्ता लञ्च गरिएको छ। आठौं पुस्ताको आउडी ए६ सुधार गरिएको नयाँ मोडल हो। यसको सुरुवाती मूल्य ५४ लाख २० हजार रहेको छ। औडी ए६ पेट्रोलबाट मात्रै चल्ने इन्जिन भएको गाडी हो। उपभोक्ताको चाहनाअनुसार डिजेल इन्जिनको गाडी पनि ल्याउने कम्पनीले बताएको छ।
आकर्षक डिजाइन गरिएको गाडीमा टच इन्फोटेनमेन्ट स्क्रिन, भर्चुअल ककपिट, एमएमआई इन्फोटेन्मेन्ट लगायतका फिचर सुधार गरिएको छ।
सुरक्षाको लागि ८ इयर ब्याग, एबीएस विथ इबीडी, पार्किङको लागि अगाडि र पछाडि सेन्सरसहितको ३६० डिग्रीको क्यामरा रहेका छन्। यसका अलवा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, इलेक्ट्रिक पार्किङ लगायतका कुरा पनि छन्।
औडीमा २.० लिटर टीएफएसआई पेट्रोल मोटर भएको २४० बीपीएच र ३७० एनएम टर्क पावर रहेको छ।
औडीले प्रतिघण्टा २५० किलोमिटर गुड्न सक्ने दाबी गरेको छ। कम्पनीका अनुसार १४.११ किमि प्रतिलिटर इन्धन खपत गर्ने उल्लेख गरेको छ।
प्रतिक्रिया