अर्थनीति


४०० केभी प्रसारणलाइन छिट्टै निर्माण गर्न भारतसँग नेपालको प्रस्ताव

४०० केभी प्रसारणलाइन छिट्टै निर्माण गर्न भारतसँग नेपालको प्रस्ताव

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १२:५६, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका मन्त्री खड्काले मंगलबार राती नयाँ दिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भेट गरेका हुन्। 

भेटमा नेपाल–भारतबीचको विद्युत आयत-निर्यात, बंगलादेशसँगको विद्युत व्यापार, अन्तरदेशीय ४०० केभी प्रसारणलाइन निर्माणलगायतका विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए। 

यस्तै, भेटका क्रममा मन्त्री खड्काले अरुण करिडोरको प्रसारणलाइन चाँडो निर्माण गर्न र पञ्चेरश्वर परियोजनालाई अगाडि बढाउन भारतसमक्ष प्रस्ताव राखे। 

भेटमा भारतका विद्युतमन्त्री खट्टरले नेपालका ठूला विद्युत आयोजना निर्माणमा भारतको साथ र सहयोग रहेको बताए। 

बैठकमा नेपालका ऊर्जा मन्त्रालयका ऊर्जाविज्ञ अधिकारी र भारतीय विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालले दुई मन्त्रीले उठाएको विषयलाई व्याख्या गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad