ब्लग

Tata MotorsTata Motors

बिरामीकाे सेवामा दशैँ


राधा आचार्य
काठमाडौं, असोज २०

लेखक राधा आचार्य (निरीक्षक सीटीएस वार्ड, वीर अस्पताल)।

बिरामीहरूका बीचमा बसेर उहाँहरूको घाउमा मलम लगाउन पाउँदा आनन्द आउँछ। उहाँहरू पनि त दशैं नमनाई, परिवारभन्दा टाढा बसेर उपचार गराइरहनुभएको हुन्छ। हामीले यस्तो अवस्थामा साथ दिन पाउनु पनि राम्रै कुरा हो।

दशैं वर्षमा एकपटक आउने नेपालीको महान् चाड हो। धर्म, संस्कृति, परम्पराका हिसाबले यसको आफ्नै महत्व छ। हरेक नेपाली परिवार र आफन्तबीच हर्षाेल्लासका साथ दसैं मनाउन चाहन्छन्।

सात समुद्र पारी विदेशमा रहेका परिवारका सदस्य पनि वर्षमा एकपटक दशैंमा जसरी हुन्छ घर आउन चाहन्छन्। स्वदेशमा रहेकाहरूले पनि विदेशमा रहेका आफन्त आइदिए हुन्थ्यो भन्ने चाहन्छन्। यसले दशैंको महत्व बुझाउँछ।

614A6864

तर, नर्सिङ पेसामा हाम्रो इच्छाअनुसारको हुँदैन। बिरामीकै लागि भनेर हामीले जागिर गरेका हुन्छौं। वार्डमा काम गर्नुपर्ने भएकाले चौबिसै घण्टा बिरामी हुन्छन्। इमरजेन्सी बिरामी आइरहने भएकाले हामीलाई दशैंको रौनकभन्दा जिम्मेवारी बढी प्यारो हुन्छ।

अहिले नर्सिङमा दरबन्दीअनुसार नर्स छैनन्। वीर अस्पतालमा पनि कम छन्। त्यसैले नर्सहरूलाई आफ्नो इच्छाअनुसार बिदा बस्न गाह्रो छ। हामी बिरामीको सेवामा खटिनैपर्छ।

बिरामीको सेवा नै धर्म
हाम्रो पुरानो घर बागलुङ हो। हाल काठमाडौंमा बस्छौं। गाउँ नगएको नै ८ वर्ष भइसक्यो। प्रत्येक वर्ष डिउटी नै परिरहेको हुन्छ। कहिलेकाहीं दशैं नभएका साथीहरूको सहयोगमा व्यवस्थापन गरिन्छ। तर, त्यस्तो कमै हुन्छ। भए पनि केही घण्टाका लागि हो। काठमाडौंमा दशैं मनाउनेहरूलाई सहज भए पनि गाउँ जानेलाई त्यति सजिलो हुँदैन।

मैले नर्सिङ पेसा अँगालेको २५ वर्ष पुगेको छ। वीर अस्पतालमा ४ वर्षदेखि कार्यरत छु। यस दौरान मन खोलेर खासै दशैं मनाउन पाइएको छैन। अहिले पनि हाम्रो वार्डमा ५ जना स्टाफ छौं। बिरामी आइरहेका छन्। त्यसैले हामी बिदामा बस्ने अवस्था छैन। दशैंको दिन पनि कार्यालय आउनुपर्छ। साँझ–बिहान गरेर समय व्यवस्थापन गरेर बिरामीको सेवा गर्छौं। यो नै हाम्रो धर्म हो।

टीका लगाएर अस्पताल
यस पटकको दशैंमा पनि मेरो बिदा छैन। दशैंको दिन पनि काममा आउनुपर्छ। नवमीका दिन नाइट डिउटी गरेर अर्को दिन डिउटी परेको छ। घरमा ससुरा, श्रीमान् र छोराछोरी छन्।

सबैको चाहना दशैंका बेला केही दिन परिवारका लागि पनि समय निकालिदिओस् भन्ने हुन्छ। तर, जिम्मेवारीले त्यसो गर्न दिँदैन। परिवारमा पनि सम्झाइ–बुझाइ गरेपछि नबुझ्ने त कुरा हुँदैन तर, उहाँहरूको पनि एउटा चाह हुँदोरहेछ। आफ्नो कर्तव्य छाड्ने कुरा पनि भएन।

वर्ष दिनको दशैंमा घरमा टीका लगाएपछि खानपान हुन्छ, आफन्तकोमा जाने, महिलाहरू माइती घर जाने गर्छन्। तर, आफू कतै जान, रमाइलो गर्न नपाएकामा दुःख भने पक्कै लाग्छ। दशैंको टीका लगाएर काममा आइहाल्नुपर्छ। यसभन्दा अघिल्ला वर्षहरूमा पनि यसै गरें।

यस वर्ष त अझ दिदीको छोराको बिहे पनि छ, दशैंको मौकामा। तर, म बिहेमा जान पाउँदिनँ। उताबाट आउन दबाब आइरहेको छ। यस्ता कैयौं उत्सव पनि ‘मिस’ भइरहेका हुन्छन्।

दुःखलाई जित्ने खुसी
मन दुःखी बनाएर घरबाट हिँडे पनि अस्पताल आएपछि उमंग थपिइहाल्छ। बिरामीहरूका बीचमा बसेर उहाँहरूको घाउमा मलम लगाउन पाउँदा आनन्द आउँछ। उहाँहरू पनि त दशैं नमनाई, परिवारभन्दा टाढा बसेर उपचार गराइरहनुभएको हुन्छ। हामीले यस्तो अवस्थामा साथ दिन पाउनु पनि राम्रै कुरा हो।

फेरि कतिपय अवस्थामा त दशैंकै दिन पनि बिरामीहरू आइरहनुभएको हुन्छ। त्यसका लागि पनि हामी अलर्ट हुनुपर्छ। कतिपय आकस्मिक घटना, दुर्घटना भए भने त्यस्ता बिरामीको हेरचाहमा हामीले आफ्नो समय खर्चनुपर्छ।

614A6887

यी सबै कुरा हाम्रो पेसागत जिम्मेवारीभित्र पर्छन्। त्यसैले यी कुराबाट हामी टाढा हुन मिल्दैन। बिरामीको हेरचाह हाम्रो धर्म नै हो। आफ्नो रुचिले छानेको पेसामा सन्तुष्ट हुन सक्नुपर्छ। र, म छु पनि।

दशैंमा विदा नभएका स्टाफहरू मिलेर खानपिन गर्ने, रमाइलो गर्ने काम भने हुन्छ। त्यो पनि समयको सिमिततामा बाँधिएर। दशैं हामी सबै नेपालीको महान् चाड भएकाले सबै मिलेर छाटो समय भए पनि यसलाई सेलिब्रेसन गरौं भनेर यसो गर्छौं। जसले स्टाफहरूमा आत्मीयता पनि बढाउँछ।

गाउँको त्यो रमाइलो
दशैंको खास रमाइलो सहरमा भन्दा गाउँ–घरमा हुन्छ। परिवारका सदस्य मात्र नभएर आफन्तहरू पनि आउनुभएको हुन्छ, टीका थाप्न। घरमै खसी काटेर, आफंै मीठा–मीठा खाना बनाएर, पिङ खेलेर गाउँले परिवेशमा वषौँपछि भेट भएका साथीभाइसँग रमाइलो गरेर, परिवारका सदस्यसँग घरमा तास खेलेर दशैं मनाउनुको मज्जै बेग्लै हुन्छ।

तर, ८ वर्षदेखि मलाई यसरी दशैं मनाउने सौभाग्य प्राप्त भएको छैन। एक–दुई दिनमा गाउँ गएर फर्कन सक्ने अवस्था हुँदैन। यता लामो बिदा लिएर गयो भने बिरामीको हेरचाह कसले गर्ने? बरु कतिपय अवस्थामा एक ‘रोटेसन’ गरेर हरेक वर्ष एक–एक चार–पाँच दिनका लागि एक जना बिदामा बस्ने गर्न भने सकिन्छ। मेरो २५ वर्षको नर्सिङ करियरमा केही दशैं मैले यसरी पनि मनाएकी छु।

लेखक वीर अस्पताल, सीटीएस वार्डका निरीक्षक हुन्।

 

असोज २०, २०७६, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors