ad ad

ब्लग


नेपालमा सही लिडर किन उत्पादन भएनन्?

नेपालमा सही लिडर किन उत्पादन भएनन्?

किशोर थापा
माघ ११, २०७६ शनिबार ९:५३,

नेपाली सामाजले यथार्थमा लिडरको अर्थ खुट्टाउन सकेको छैन। आफूलाई ‘नेता हुँ’ भन्नेले पनि यसको अर्थ बुझेको देखिदैँन। अंग्रेजीको ‘लिडर’लाई ‘नेता’ भनि अर्थ लगाइन्छ। तर, लिडरको भावर्थ ‘नेता’ हैन्। यसको उपर्युक्त शब्द नायक हो। हामीले लिडरसीप(नेतृत्व)लाई राजनीतिमा मात्रै सीमित गरेका छौं तर यो यसमा मात्रै सीमित छैन। लिडर राजनीति, सामाज, शिक्षा, व्यवसाय जुनसुकै क्षेत्रमा पनि हुनसक्छ। लिडरसिपको पद, पोजिसन, स्टाटससँग सम्बन्ध हुदैँन यो ‘क्वालिटी’ हो। यो ‘क्वालिटी जोसँग पनि हुनसक्छ।

कुनैपनि क्षेत्रमा लिडर हुनका लागि त्यसको शुरुमा त्यसको ‘फलोवर्स’ हुनुपर्छ। फलोवर्स छैन् भन्ने त्यो लिडर हैन। फलोवर्स कुनै डरत्रास बिना स्वस्फुर्त भावनाले जोडिएको हुनुपर्छ। लिडरसँग भिजन र मिसन स्पष्ट हुनुपर्छ। उसले आफ्नो भिजन फलोवर्सलाई फलो गर्न लगाउनुपर्छ। भीडले के भन्छ त्यसको पछिपछि लाग्ने मान्छे लिडर हैन। क्षणिक लोकप्रियतामा लिडर जानुहुँदैन। उसले राखेका भिजन शुरुमा केही मान्छेलाई राम्रो नलाग्न सक्छन्। उसलाई पागल भन्न सक्छन्। कालान्तरमा उसले सबैलाई ‘कन्भिन्स’ गर्ने क्षमता राख्नुपर्छ।

अहिले नेपालमा मानी आएका र जानी आएका लिडर हैनन। संसारमा दुईथरिका मानिसहरु शासन सत्तामा गएका छन्। एकथरी तानाशाहहरु हुन्छन्, अर्काथरि साच्चकै लिडरहरु। तानाशाहले पनि आफूलाई लिडर नै भन्छ, देशभक्त नै भन्छ तर तानाशाह र लिडरमा फरक छ।

लिडरले आफ्ना नागरिकलाई शशक्तिकरण गर्छ। आफू शक्ति सञ्चय नगरि नागरिकलाई शक्तिशाली बनाउँछ। त्यो ज्ञान, सुविधा, सुचनाका आधारमा हुनसक्छ। नागरिकको बलमा लिडर टिकेको हुन्छ। तर तानाशाहले शक्ति आफूले सञ्चय गर्छ। स्रोत खिचेर लिन्छ। शक्ति र स्रोतलाई गलत प्रयोग गरेर हैकम चलाउँछ। तानाशाहको शक्तिको स्रोत सैनिक, हतियार र उसले सञ्चय गरेको शक्ति नै हो। उसले जनताको शक्ति स्वीकार्दैन। डर र त्रासको राजनीति गराउँछ। जुनअहिले हामी नेपालमा पनि देख्छौं। यसले मानिसको मन र शरिरलाई कन्ट्रोल गर्छ। थ्रेट कायम गराउँछ। स्वतन्त्रतालाई खुम्चाएर वशमा ल्याउन खोज्छ।

लिडरले मानिसको मन जित्छ। उसलाई ठूल्ठूला गाडी–घर चाहिदैँन। जस्तो, महात्मा गान्धीलाई भारतबाट अंग्रेज भगाउन एउटा धोती र लठ्ठीमात्रै भएर पुग्यो। लिडरले सबैको विचारलाई समेट्दै जित–जितको अवस्थामा जान्छ। प्रोपोगाण्डा, ठूल्ठूला आश्वासनहरु बढ्दैन। कामबाट परिवर्तन देखाउँछ।

तानाशाहको मोडल म जित्नुपर्छ, अरु हार्नुपर्छ भन्ने हुन्छ। उसले कामभन्दा पनि बढी हल्ला गर्छ। उसले सामाज हैन्, आफू, परिवार, आसेपासेको अवस्थामा छलाङ मार्छ। तानाशाहले जे मनमा सोचेको हुन्छ। त्यही लागु गर्न खोज्छ। आफ्नो शक्तिको प्रयोग गर्दै सबैलाई त्यही मान्न लगाउँछ।

हामीले लिडर र म्यानेजर(व्यवस्थापक)मा पनि फरक छुटाउन सक्नुपर्छ। दुबैले मान्छेलाई त कन्ट्रोल गर्छन तर म्यानेजर लिडर हैन्। लिडरको काम सही कुरा के हो भनिदिने हो भने म्यानेजरको सही ढंगबाट काम फत्ते गर्ने हो। लिडरले सही आदेश दिने हो भने म्यानेजरले दिएको आदेश पालना गर्ने हो।

लिडरमा नोज(सोच दिने), सोज(कसरी अघि बढ्ने) र गोज(जाने) गुण हुनुपर्छ। म्यानेजरमा नोज र गोज भएपुग्छ। म्यानजेरको सफलता आउटपुटमा नापिन्छ। लिडरको मुल्यांकन आउटकम बाट हुन्छ। आउटपुट भौतिक रुपमा नाप्न सकिन्छ भने आउकम भावनामा हुन्छ।

नायक(लिडर) र नाइकेबीच पनि फरक छ। यी दुईले पनि मान्छे खुब बटुल्छन्। गुण्डाको नाइके हुन्छ नायक हुदैँन। नाइकेका पछि लाग्ने डर, त्रासमा लाग्छन। लिडरका पछि लाग्ने व्यक्तित्व, भिजनबाट प्रभावित भएकाहरु लाग्छन। नायकेले भौतिक वस्तु, सुखसुविधाबाट मान्छेलाई आकर्षित गरेको हुन्छ। लिडरले विचार, भावनाले मान्छेलाई उप्रेरित पार्छ, बटुल्छ।

लिडरले गर्नुपर्ने कुरा के हो ?
लिडर सानो होस् या ठूलो, उसले आफ्नो लक्ष्य निर्धारण गरेको हुनुपर्छ। गर्न खोजेको कुरा के हो? भन्नेमा स्पष्ट हुनुपर्छ। लक्ष्य पूरा गर्न बाटो बनाउँनुपर्छ। त्यसपछि उसले आफ्नो उदेश्यमा फलोवर्सलाई मोटिभेट गर्नुपर्छ।

लिडर जहिलेपनि आफ्नो मुल्य मान्यतामा अडिग हुनुपर्छ। यसमा अडिग रहन सकेँन भने फलोवर्सले उसलाई छाड्दै जान्छन्। लिडरले कामलाई प्राथमिकताका आधारमा छुटाउन सक्नुपर्छ। झिनामसिना काममा शक्ति खेर फालेर मुख्य काम छुटिरहेको अहिले नेपालमा पनि हामी देख्न सक्छौं।

लिडरमा सही समयमा सही निर्णय लिनसक्ने क्षमता हुनुपर्छ। चाहेँ आफ्नालागि अप्रिय, पीडादायी भएपनि त्यसको दीर्घकालिन असर देश र जनताका लागि फाइदाजनक भए त्यसमा लिडर पछि हट्नुहुन्न। उसले आफ्नो बोली निर्णयमा कहिले चुक्नु हुँदैन। चुकेँ उसका फलोवर्सको विश्वास उसप्रति घट्दै जान्छ। अनि फलोवरहरुको उर्जा बेलाबेला घटबढ भइरहेको हुन्छ त्यसबेला लिडरले फलोवर्सको ब्याट्री चार्जको काम समेत गर्नुपर्छ।

लिडरलाई चाहिने आधारभुत कुरा
लिडरले निकै दौडधुप गर्नुपर्छ। भोकनिद्रा, चोट खेप्नुपर्छ। म मेयर(काठमाडौं) पदको उम्मेदवार हुँदा एकदिन खाना नखाएरै तीनवटा इन्टभ्यू गरेको सम्झना आउँछ। त्यसैले लिडरले आफ्नो स्टामिनामा कमी हुन दिनुहुँदैन।

इस्यु बुझेर तत्काल सही निर्णय गर्नसक्ने क्षमता लिडरले आफूमा विकसित गर्नुपर्छ। जे काम गरेपनि त्यसको सम्पूर्ण जिम्मेवारी सही लिडरले आफूले लिनुपर्छ। विभिन्न मान्छेहरुसँग ‘डिल’ गर्नसक्ने, कोसँग गासिन सक्ने, मोटिभेट गर्नसक्ने, साहस, प्रतिबद्धता तथा स्पष्ट भिजन लिडरका आधारभुत कुरा हुन्।

नेपालमा सही नेता उत्पादन किन भएन?
हाम्रो सामाज जस्तो हुन्छ, त्यस्तै नेता जन्मिने हो। नेपाली सामाजले किन सही नेता उत्पादन गर्न सकेनौं महत्वपूर्ण प्रश्न छ।

एउटा सामाजमा सही नेता नजन्मनुका विभिन्न कारण हुन सक्छन। जस्तो मेहनत गर्न नचाहने, मैले गरेर केही पनि हुँदैन, नेता–मन्त्री आएर गरिदिने हो भन्ने सोचाई राख्ने सामाजले सही नेता पहिचान गर्नसक्दैन। कामको उत्तरदायित्व, जिम्मेवारी लिनै नपर्ने सामाजबाट पनि सही नेतृत्व उत्पादन हुन सक्दैन। अर्को चमत्कारमा विश्वास गर्ने, फलानो आयो भने चमत्कार गर्छ, छलाङ मार्छ, म सरकारमा भएपछि जादु गर्दिन्छु भन्ने सामाजमा पनि सही देखिदैँन। जुन सामाज व्यक्तिगत स्वतन्त्रता, विवेकलाई बन्धकी राख्न तयार हुन्छ, विवेक शुन्य हुन्छ। त्यहाँबाट सही नेताको अपेक्षा राख्न सकिदैँन।

हामी धेरै हिसाबले राजावादी छौं। त्यो भनेको शाहवंशका राजाका अनुयायी हैन। हामी कुनै न कुनैपत्रलाई राजा वा रानी बनाउँछौं। फलानो त्यो पार्टीमा थियो। उसकी श्रीमती, छोरालाई त्यहाँ पुर्याउनै पर्यो नि भन्ने सोच राख्छौं। जीवन पर्यान्त हामी उसलाई त्यहाँबाट हटाउँन चाहान्नौं। निरन्तरता दिइरहन्छौ। यस्तो परिवारवादलाई मान्यता दिने सामाज भएसम्म त्यहाँ सही नेतृत्व उत्पन्न हुन गाह्रो हुन्छ।

हामी नेता र तानाशाहबीचको फरक छुट्टाउन सक्दैनौं। तानाशाहलाई शक्ति, सत्तामा पुर्याउँदा उसले आफ्नो विकास गर्छ नकि जनताको। भोटको शक्ति हामी नेपालीले बुझैकै छैनौं। भोटलाई हामी भावुकता, पारिवारवाद पैसामा फाल्दिन्छौं। जबसम्म भोटले जीवन परिवर्तन गर्छ भनेर बुझ्दैनौं तबसम्म राम्रो नेता उत्पादन हुन गाह्रो छ।

(थापा साझा पार्टीका केन्द्रीय सदस्य हुन्। यो उनले शनिबार पार्टीको केन्द्रीय कार्यालयमा साझा स्कुल अफ पब्लिक लिडरसिप अन्तर्गत नेपाली सामाजमा लिडरसिपका चुनौती विषयमा राखेको मन्तव्यको सम्पादित अंश हो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .