ब्लग

Tata MotorsTata Motors

प्रधानमन्त्रीज्यू, देशको दुर्दशा देखेर तपाईंको मुटु दुख्दैन?


विश्वासबाबु पोखरेल
काठमाडौं, माघ ७

बाल्यकालमा जब आमालाई असाध्यै सताउँथेँ तब आमाले भन्नुहुन्थ्यो, ‘तेरो त मुटु नै छैन क्या हो, छोरा!’

आमाले त्यसो भन्दा मेरो मुटु भने भारी हुन्थ्यो र आइन्दा त्यस्तो गल्ती नदोहोर्‍याउने चेष्टा गर्थेँ।

प्रधानमन्त्रीले मुटुको दृष्टान्त ओकलिरहँदा आज पुनः मेरी दिवंगत आमाको स्मरणमा मुटु भारी भएको छ। राज्यप्रतिका (स्वयं प्रधानमन्त्रीसंग सम्बन्धित) कैयौं असहमतिहमध्ये दैनिक झेल्न बाध्य केही विषयको उठान गर्दा यो मुटुको बोझ हलौँ हुने अपेक्षा गरेको छु।

दृष्टान्त १
आजभोलि भ्रष्टाचारमा संलग्नहरुको दोहोलो काढेको समाचार बग्रेल्ती सुन्न र पढ्न पाइन्छ। प्रधानमन्त्रीका मजाकलाई ‘ओलीबा रक्स’ भन्दै स्याम्पेन तोड्ने जमातलाई त्यस्ता समाचार देश सुशासनतर्फ लम्केको तर्कका प्रमाण हुन्। थाहा छैन, पाँचदश हजार घुस काण्डमा समातिएकाहरु पनि किन राष्ट्रिय समाचार बनेका हुन्? आशालाग्दा अन्य समाचार नभएर हुन् वा ठुल्ठूला काण्डका माझमा पनि सानातिना आशा त बाँकी नै छन् है भनेर जनाउ दिनु हो, यो सम्पादकहरुले नै जानुन्।

के अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिकल्पना यस्तै सस्ता स्टन्टका खातिर गरिएको थियो? यस्ता खुद्रे प्रचारले भ्रष्टाचार नियन्त्रणको ग्राफ भर्न त सघाउला तर नीतिगत भ्रष्टाचारको भयावह रुपलाई छुन सकेको छैन।

हुन त यदाकदा १० करोड घुस खाने कथित राष्ट्रसेवकलाई ५ करोडको बिगो माग दाबीसहित मुद्दा दायर गर्दा अदालतबाट १ करोड धरौटीको फैसला हुन्छ। भ्रष्टाचारीलाई ९ करोड चोखै फाइदा हुने यो ‘निन्जा टेक्निक’ आजभोलि निकै लोकप्रिय छ। तर, ‘क्यान्टोनमेन्ट, ३३ किलो सुन, वाइडबडी लगायत ठूला भ्रष्टाचार काण्ड का फाइलहरु कता थन्किए प्रधानमन्त्री ज्यू?’ भनी ठाडै र निरन्तर प्रश्न गर्न नसक्ने मुटुविहीन पत्रकारप्रति पनि मेरो आक्रोश छ।

प्रधानमन्त्रीका समर्थनमा जेसुकै बोल्न तयार जमातले त यी सबै काण्डमा शेरबहादुर देउवातिर औँला सोझ्याउँछन्। प्रधानमन्त्रीले पनि त्यसै भनेर बसिरहने हो कि भ्रष्टाचार आरोपितको पाता कस्ने हो? देश कंगाल बनाउने भ्रष्टाचारी खोरमा पुग्दा आम जनताको आँत कति रसाउँथ्यो होला? आखिर कहिलेसम्म झिङ्गे माछा मै रमाउनु?

दृष्टान्त २
देशका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री नै हुनुहुन्छ। अधिकांश विश्वविद्यालय पदाधिकारीविहीन छन्। केहीमा झुण्डिएका तालामा खिया लागिसके। खुल्ने कहिले र कसरी अत्तोपत्तो छैन।

अध्ययनको भोक जेलमा मेटाएका वर्तमान प्रधानमन्त्री कुलपति भएको देशको विश्वविद्यालयमा यस्तै हुन्छ हालत?

प्राज्ञिक बहस चाहिँ हामी अन्य मुलुकको मात्र हेरेर चित्त बुझाइरहेका छौँ। मलाई अझै पनि विश्वास छ, विश्वविद्यालयहरुमा भइरहेका अश्वाभाविक दलीय राजनीति रोक्न प्रधानमन्त्रीको एक इसारा काफी छ। बस्, उहाँले चाकडीबाज पञ्जाबाट बाहिर निस्कन सक्नुपर्‍यो।

खासमा प्रधानमन्त्री कुलपति हुने प्रावधानको मर्म के? यस्तै बेथितिको लागि थियो वा सानोतिनो अल्झन पनि प्राज्ञिक थलोले खेप्नु नपरोस् भन्नाका खातिर थियो?

दृष्टान्त ३
केही दिनअघि बिरामी परेर वीर अस्पताल गएको थिएँ। अस्पताल राम्रो छ भनेर होइन, सस्तो छ भनेर म त्यहाँ पुगेको थिएँ। तर, अस्पतालको सेवामा पनि पहिलेभन्दा केही सुधार भएको रहे।

हामी आम नागरिक जोकोही बिरामी पर्दा पनि खल्ती नछामी अस्पताल जान डराउनुपर्ने अवस्था छ। हुनेखानेलाई यस्ता कुरा सामान्य लाग्लान्, तर कमाएको खानै नपुग्ने अधिकांश जनतालाई बिरामी पर्दा रोगले बढी महंगो उपचारले तर्साउँछ।

सरकारी स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषको प्रभावकारिताले बेलाबेला नेताहरु हाछ्युँ आउँदा विदेश कुद्ने परिपाटीलाई कुरीकुरी गरिरहेकै छ।

बैंकहरुका बिमा योजनाका पनि सीमा र अड्चन छन्, जुन आम नागरिकको ल्याकतभन्दा बाहिर छ।

प्रधानमन्त्रीज्यू , मलाई देशको कुनै एउटा त्यस्तो नमुना अस्पताल देखाइदिनुस्, जहाँ निशुल्क, सुलभ तथा पूर्ण स्वास्थ्य सेवा पाइयोस्। आखिर समाजवाद उन्मुख दुई तिहाई कम्युनिष्ट सरकार भएको यो मुलुकमा यति अपेक्षा राख्दा प्रतिगमनको भुतले नै त नतर्साउला नि!

दृष्टान्त ४
सिंहदरबारबाट भद्रकालीसम्मको सडकमा हिंड्ने जो कोहीलाई लाग्न सक्छ, नागरिकले बास्तबमै आफुलाई एकैछिन् भएनि आफूलाई सार्वभौम ठान्न सक्छन्। भन्ने गरिन्छ, राज्यमा आम नागरिकको अवस्था बुझ्न त्यहाँको सडकपेटीको आकार नापे पुग्छ। तर, सहरका सडकपेटीमा हिँड्दा मुटुमा हात राख्नुपर्ने अवस्था छ।

सडक कसको प्राथमिकतालाई मध्यनजर गर्दै बिस्तार गरिन्छ, प्रधानमन्त्रीज्यू?

मुटु नभएका सम्पादकहरुले दिनहुँजसो सडक दुर्घटनाका खबर छाप्दा नदुख्ने कस्तो मुटु छ तपाइँको?

रेल र पानीजहाजका यात्रुको सुरक्षार्थ व्यस्त रहँदा सरकारले सडक यातायातबारे सोच्न फुर्सद नपाएको हुन सक्छ। नत्र ट्रक साहित्य मेट्ने क्रान्तिकारी निर्णयको स्वागत गर्दैमा म कसरी चित बुझाउँ?

दृष्टान्त ५
प्रधानमन्त्रीज्यू, यो मुलुकमा सम्पादकको मात्र होइन, नागरिकको मुटु पनि छैन। मुटु हुन्थ्यो भने अधिकांश युवा ६० कटेका बाउआमालाई खेतबारी जिम्मा लगाएर रोजगारीको खोजीमा अरब भासिँदैनथे।

मेरो स्नातकोत्तर सम्मको शिक्षाले मलाई आलु रोप्न सिकाएन, न त गाई पाल्ने तरिका नै। महंगी बढ्यो भनेर आर्जित ज्ञान र सीपलाई छोडेर खेतबारीमा होमिनसक्ने मुटु ममा पनि छैन। तर, कृषि उपजको बढ्दो आयात, सरकारले छरेका यत्रतत्र अनुदान र ‘भिजिट नेपाल २०२०’ को लोगो भिरेर मुग्लान जान लामबद्ध युवाको पंक्ति देख्दा दुख्ने अलच्छिना मुटु चाहिँ छ मसँग।

एउटा सानो अनुरोध प्रधानमन्त्रीज्यू, तपाईँ आफ्नो तलबले मात्र एक महिना रोजीरोटी चलाउने प्रयत्न गरिहेर्नुस्, सम्पादकको मात्रै होइन, आम नागरिकको पनि हराएको मुटु भेट्टाउनु हुनेछ।

 

माघ ७, २०७६, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors