ब्लग

Tata MotorsTata Motors

इराकमा त्रास बढेको छ, छिट्टै घर फर्किन चाहन्छौँ


श्याम श्रेष्ठ
बगदाद, पुस २४

बगदादस्थित अमेरिकी दूतावास तोडफोड गर्दै प्रदर्शनकारी

‘म इराकी संसद् भवनमा काम गर्छु। खसी ल्याउने र नयाँ वर्षको दिन काट्ने सल्लाह भएको थियो। तर तनाव बढेपछि नयाँ वर्ष मनाउन पाइएन। इरानी सेनाका जर्नेल मारिएपछि झनै तनाव बढेको छ। नेपाली मात्रै होइन इराकी समेत डराएका छन्। अहिलेको हाम्रो चाहना जति सक्यो चाँडो इराक छाड्ने भन्ने नै हो।’

म इराक आएको ६ वर्ष हुन लाग्यो। यहाँ आउँदा २० वर्षको थिएँ। इराकी संसद् भवनमा काम गर्छु।

इराकका राजधानी बगदादको सबैभन्दा सुरक्षित क्षेत्रको रुपमा रहेको ग्रिन जोनभित्र संसद् भवन छ। यो ग्रिन जोनभित्र अन्य सरकारी कार्यालय र विभिन्न देशका दूतावास पनि छन्।

हामी बस्ने होस्टेल र अफिसबीचको दूरी जम्मा पाँच मिनेटको मात्रै छ। यहाँबाट हामी बाहिर निस्किँदा सुरक्षाकर्मीको साथमा मात्रै जान्छौँ। केही सामानको अभाव भयो भने मात्रै बाहिर जाने हो। गत ६ वर्षमा म खासै बाहिर निस्केको छैन।

यहाँ हामी ९ जना नेपाली छौं। म झापाको हुँ। मोरङ, सिन्धुपाल्चोक, रुकुम र रोल्पाको साथीहरु हुनुहुन्छ। हामी सबै संसद् भवनमा सहयोगीको रुपमा काम गर्छौँ। यहीँ ३ पाकिस्तानी र ४४ बंगलादेशी पनि छन्।

सुरुमा नेपाली एक सय २० जना थिए। धेरै घर फर्किसके। धेरैजसो मानिस ४–५ वर्ष यहाँ काम गरेपछि फर्किने गर्छन्। मेरो पनि सम्झौता सकिन ६ महिना मात्र बाँकी छ। यसबीचमा म एक पटक मात्र घर गएँ।

आफूसँग काम गर्ने बाहेक इराकमा अन्य नेपाली कति छन्, तिनको अवस्था कस्तो छ, हामीलाई केही थाहा छैन। कहिलेकाँही बजार जाँदा नेपाली भेटिन्छन्। केही कुराकानी हुन्छ। स्थानीयहरुसँग सम्पर्क गर्न पाइदैन। ग्रिन जोनभित्र रहेको जापानी दूतावासमा समेत नेपाली सुरक्षागार्ड रहेको सुनेको छु। तर हाम्रो भेट भएको छैन।

ग्रिन जोनबाहिर रहेको बेबिलोन होटलमा एक सयभन्दा बढी नेपाली काम गर्छन् रे। बग्दाद बाहिर धेरै नेपाली छन्। घरेलु कामदारका रुपमा नेपाली चेलीहरु पनि यता आएका छन्।

जनवरी १ का दिन नयाँ वर्षको खुसीयाली मनाउने तयारी हामीले गरेका थियौँ। यहाँका सुरक्षाकर्मीलाई भन्यौँ। मंगलबार खसी ल्याउने र नयाँ वर्षको दिन बुधबार काट्ने सल्लाह भएको थियो। तर, मंगलबार र बुधबार ठूलो प्रदर्शन भयो। ग्रिनजोनमा रहेको अमेरिकी दूतावासभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गरे। हाम्रो अफिसभन्दा आधा किलोमिटर मात्रै पर हो त्यो ठाउँ। हामी ड्युटीमा थियौं। त्यो टेलिभिजनमा लाइभ हेर्‍यौं। सुरक्षाका कारण हामीलाई ग्रिन जोनमा हिँड्ने अनुमति छैन।

त्यसयता अलि बढी नै तनाव महसुस भएको छ। त्यो प्रदर्शनमा अमेरिकाले इरान सरकारको हात रहेको आरोप लगाएको छ।

त्यसको दुई दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानी सेनाका जर्नेल मारिएका छन्। त्यसपछि झनै तनाव बढेको छ। नेपाली मात्रै होइन इराकी समेत डराएका छन्। अमेरिका र इरानको तनावको चेपुवामा परिन्छ कि भन्ने भएको छ। त्यसले झनै चिन्ता बढाएको छ। इरानले क्षेप्यास्त्र प्रहार गर्‍यो भन्ने सुनेका छौँ।

अहिलेको हाम्रो चाहना जति सक्यो चाँडो इराक छाड्ने भन्ने नै हो। परिवारबाट पनि घर फर्किन निरन्तर रुपमा दबाब आइरहेको छ। नेपालका युट्युवेहरुले पनि धेरै आतंकित बनाएका छन्।

अब सबैथोक सकियो, अहिले नै युद्ध हुन्छजस्तो गरी उनीहरुले भिडियो देखाइरहेका छन्। सानो कुरालाई कत्रो ठूलो बनाएर प्रस्तुत गर्छन्। त्यसले हाम्रो घर परिवारमा ठूलो त्रास उत्पन्न गरेको छ। तर, हामी परिवारसँग निरन्तर सम्पर्कमा छौँ।

इराकी अधिकारीहरुले पनि परिस्थिति झनै बिग्रिँदै गयो भने नेपाल फर्काइदिने बताएका छन्। हामी परिस्थितिले कस्तो रुप लिन्छ भनेर हेरिरहेका छौँ।

सरकारले इराकमा रहेका नेपालीहरुलाई अप्ठेरो पर्‍यो भने उद्धार गर्ने जनाएको छ। तर अहिलेसम्म हामीसँग कसैले सम्पर्क गरेको छैन। कसरी उद्धार गर्न भन्ने बारेमा जानकारी पनि छैन। हामीलाई साँच्चिकै अप्ठेरो पर्‍यो भने तपाईंले सरकारसम्म हाम्रो कुरा पुर्‍याइदिन सक्नु हुन्छ कि हुन्न? (कुराकानीमा आधारित)

पुस २४, २०७६, बिहिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors