ad ad

बाइक


केटीएमको ७९० ड्युक बाइक भारतमा सार्वजनिक

केटीएमको ७९० ड्युक बाइक भारतमा सार्वजनिक

नेपालखबर
असोज ६, २०७६ सोमबार ११:५०,

चर्चित मोटरसाइकल कम्पनी केटीएमले भारतमा आफ्नो उच्च प्रस्तुति दिने क्षमता रहेको केटीएम ७९० ड्युक बाइक सार्वजनिक गरेको छ। भारतीय बजारमा सार्वजनिक भएको उक्त बाइकको मूल्य ८ लाख ६३ हजार भारु पर्ने बताइएको छ।

यसको उच्चस्तरको डिजाइन र उच्च गतिको प्रस्तुति क्षमतालाई ग्राहकले रुचाउँदै आएकामा भारतीय बजारमा नयाँ बाइक कम्पनीले ल्याएको हो। केटीएम ७९० ड्युकको तौल १ सय ८९ किलोग्राम रहेको छ। ७९९ सीसीको प्यारेलल ट्विन इन्जिन रहेको यो बाइकले १०३ बीएचपी शक्ति तथा ८६ एनएम टर्क क्षमता दिन्छ। यो बाइकमा ६–स्पिड गियरबक्स रहेको छ।

केटीएम इन्डियाले भारतीय बजारमा ल्याएको यो बाइकमा एलईडी हेडल्याम्प र टेललाइट तथा ड्युक ३९० मा जस्तै टीएफटी स्क्रिनयुक्त रहेको छ। बाइकमा ३०० एमएम डुअल डिस्क ब्रेकसँगै जे जुआन क्लिपर्स दिइएको छ। पछाडि पांग्रामा २४० एमएम सिंगल डिस्क ब्रेक रहेको छ। यसका अन्य सुविधामा स्लिपर क्लच असिस्ट, ९–लेबल ट्रयाक्सन कन्ट्रोल, चार राइडिङ मोडसँगै लाइभ बाई वायर, एबीएस र सुपरमोटो मोडजस्ता फिचरहरु रहेका छन्।

१७ इन्चको अलोय ह्विल लगाइएको यो बाइक आएसँगै यामाहा एमटी–०९, ट्रायम्फ स्ट्रिट ट्रिपल आरएस, डुकाटी मन्स्टर ८२१, कावासाकी जेट९०० र सुजुकी जीएसएक्स–आर७५०सँग प्रतिस्पर्धा हुने देखिएको छ। अधिकांश सवारीसाधन भारतमा आएसँगै नेपालमा पनि आउने भएकाले नेपालमा पनि यसको शीघ्र आगमन हुनसक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .