ad ad

बाइक


अप्रिलिया जीपीआर १५० बाइक भारतमा आउँदै, नेपालमा कहिले?

अप्रिलिया जीपीआर १५० बाइक भारतमा आउँदै, नेपालमा कहिले?

नेपालखबर
असोज २, २०७६ बिहिबार ११:३२,

पियाजियोले नयाँ अप्रिलिया जीपीआर१५० २०२० फेब्रुअरीमा आयोजना हुने अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार इटालेली ब्रान्डको १५० सीसीको उक्त बाइकबाहेक नयाँ स्कुटी पनि ल्याउने तयारी कम्पनीले गरेको छ। यसअघि सन् २०१८ मा पनि अटो एक्स्पोमै कम्पनीले आरएस१५० र तुवानो१५० बाइक सार्वजनिक गरेको थियो।

ती बाइकहरु फुलफेयर स्पोर्ट मोटरसाइकल भए पनि नयाँ बाइक भने सेमीफेयरको स्ट्रिट बाइक रहेको छ।

यसको प्रस्तुति, क्षमता र उत्कृष्ट फिचरलाई ग्राहकले मन पराउने कम्पनीले जनाएको छ। चीनमा यसअघि नै यो बाइक सार्वजनिक भइसकेको छ। जीपीआर १५०को मूल्य डेढ लाख भारुसम्म पर्नसक्ने बताइएको छ।

जुन यामाहाको वाईजेटएफ–आर१५ भी३ भन्दा केही बढी हो। भारतीय बजारमा आएसँगै नेपालमा पनि उक्त बाइक भित्रिन सक्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .