ad ad

बाइक


टीभीएसको दशैं दौडमा रिमालले मारे बाजी

टीभीएसको दशैं दौडमा रिमालले मारे बाजी

नेपालखबर
भदौ २८, २०७६ शनिबार ६:४,

नेपालीको ठूलो चाड दशैँमा सवारीसाधन निर्माता टीभीएस टु–ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस दशैंको दौड’ आयोजना गरेको छ।

‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नाराका साथ शनिबार बिहान ७ बजेबाट सुरु भएको दौडमा हरि रिमाल प्रथम, द्वितीय दीपक अधिकारी र तृतीय ज्ञानेन्द्र राई भएका छन्।

 रमाइलो दौड नक्साल बाल मन्दिरबाट सुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटीमण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टीभीएस शोरुम नक्सालमा पुगी समापन भएको थियो। साढे ६ किलोमिटरको सो दूरी प्रथम हुने रिमालले २६.२९, २६.३०, २६.३५ मिनेटमा सो दूरी पार गरेका थिए।

tvs daud

प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार दिइएको थियो।

दौड प्रतियोगिताको उद्घाटन युवा तथा खेलुकुदमन्त्री जगतबहादुर विश्वकर्माले गरेका थिए।

कार्यक्रममा जगदम्बा गु्रपका भाइस च्यरम्यान सुलभ अग्रवाल, धावक बैकुण्ठ मानन्धर, अभिनेता निखिल उप्रेती, अभिनेता प्रदीप खड्कालगायतका सेलिब्रिटीहरुले प्रतियोगितामा सहभागीलाई हौसाला बढाउने काम गरेका थिए।

tvs daud1

सबै उमेर सबै समूहका व्यक्तिहरुले भाग लिन सक्ने यो खुला रमाइलो दौडमा सहभागी हुने सबैजनालाई स्योर सट छुटस्वरुप १ हजार प्रदान गरिएको थियो।

सो प्रतियोगितामा ७ वर्षीय बालक निमेष रौनियारले पनि निर्धारित दूरी पार गर्दै सबैलाई आश्चर्यमा पारेका थिए।

जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले टीभीएसले चाडपर्वमा थप उत्साह थप्नका लागि दौड प्रतियोगिताको आयोजना गरेको बताए। प्रतियोगितामा सहभागीको उल्लेख्य सहभागिताले आफूहरुलाई थप उत्साहित बनाएको उनको भनाइ छ।

tvs daud2

सो प्रतियोगितामा झण्डै ४०० सहभागी थिए।

टीभीएसले दसैं तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै दसैंको दौड योजना ल्याएको छ। कम्पनीले आफ्ना सबै स्कुटर र मोटरसाइकलमा एक लाखसम्म छुट दिने योजना सार्वजनिक गरेको छ।

tvs daud3

यस योजना अन्तर्गत बाइक वा स्कुटर किन्नु भन्दा पहिले घरैबाट टीभीएस नेपालको वेबसाइटमा लगइन गरी १ लाख रुपैयाँ सम्म जित्न सकिने छ। त्यसैगरी किन्न गइसके पछि किन्ने वित्तिकै १०० प्रतिशत क्यास ब्याकको अफर दिने भएको छ। दुबै अफर स्क्र्याच कार्ड मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ।

tvs daud4

tvs daud7

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .