ad ad

बाइक


मूल्य १ लाख ८६ हजारदेखि ३ लाख ३२ हजारसम्म पर्ने हिरोका स्कुटर र बाइक

मूल्य १ लाख ८६ हजारदेखि ३ लाख ३२ हजारसम्म पर्ने हिरोका स्कुटर र बाइक

नेपालखबर
भदौ २२, २०७६ आइतबार १५:३४,

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले आफ्नो नयाँ उत्पादन प्रिमियम मोटरसाइकलहरु– एक्स्पल्स २००टी र दि स्पोर्टी एक्स्ट्रिम २००एस र रेट्रो स्टाइलका नयाँ प्लेजर प्लस स्कुटरको बिक्री सुरु गरेको छ ।

कम्पनीले एक्स्पल्स २००टीको मूल्य ३ लाख ३२ हजार रुपैयाँ, एक्स्ट्रिम २००एस को मूल्य ३ लाख २२ हजार रुपैयाँ र प्लेजर प्लस को १ लाख ८६ हजार रुपैयाँ कायम गरिएको जनाएको छ । यी उत्पादनहरु देशभर रहेका नेपाल जेनरल मार्केटिङका सम्पूर्ण डिलरहरु कहाँ उपलब्ध हुने कम्पनीले बताएको छ ।

हिरो मोटरकर्पबाट प्रस्तुत नयाँ शृंखलाका विविध उत्पादनहरुले ग्राहकहरु माझ आधुनिक डिजाइन, सर्वश्रेष्ठ प्रविधि र सबैभन्दा अलग बनौटका उत्पादनहरु प्रस्तुत गर्ने कम्पनीको म जबुत लक्ष्यलाई प्रतिबिम्बित गरेको कम्पनीको दाबी छ ।

एक्स्पल्स २००टी 
xpulse 200t

कम्पनीको रोमाञ्चक उत्पादनहरु उपलब्ध गराउने क्रममा अझ धेरै ऊर्जाका साथ पेस गरिएको एक्स्पल्स २००टी एक यात्रादायी मोटरसाइकल हो जसले रेट्रो स्टाइलमा आधुनिक प्रविधि प्रस्तुत गर्दछ । भ्रमणमा जान रुचाउने युवा पुस्ताहरु लक्षित गरी निर्माण गरिएको एक्स्पल्स २००टि आधुनिक रेट्रो संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाहरुको लागि सटिक मोटरसाइकल हुने कम्पनीको दाबी छ ।

एक्स्पल्स २०० टीमा २०० सीसी सिभिकार्बुरेटर इन्जिन जडान गरिएको छ जसले १८.४ पीएस शक्ति र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमता राख्दछ । यो मोटरसाइकल सुरक्षा र सुविधाजनक गुणका विशेषताहरुले भरिएको छ । जसमा एकल च्यानल एबीएस, मोड मोडको परिचालन, एलईडी हेड ल्याम्प र टेल ल्याम्प, ब्लुटूथसहितको डिजिटल गति सूचक यन्त्र, टाइ प्यवाइन्टहरुयुक्त ठूलो आसन र रबर प्याडहरुको साथमा सामान राख्ने प्लेट रहेका छन् । एक्स्पल्स २००टी विविध चार रङ्गहरुमा उपलब्ध छ ।

एक्स्ट्रिम २०० एस
xtreme 200s

एक्स्ट्रिम ब्राण्डका पहिलो खण्डका विशेषताहरु बढाउँदै र अझ स्पोर्टी बनावट थप गरिएको नै नयाँ एक्स्ट्रिम २०० एस हो । एक्स्ट्रिम २०० एसहाइवेहरुमा हावाबाट राम्रो सुरक्षण दिने र स्पोर्टी स्थितिका लागिवायुको दवाबकम गर्ने सम्पूर्ण–नयाँ एरोडायनामिकका साथ बनेको कम्पनीले बताएको छ ।

एक्स्ट्रिम २०० एस १८.४ पीएस शक्ति र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमतायुक्त २०० सीसीको एयर कुल्ड इन्जिन जडित छ । मोटरसाइल सवार गर्नेलाई एक असाधारण प्रदर्शन प्रदान गर्न यो बाइक एकदम उपयुक्त सवारी एर्गोनोमिक्सका साथ पेस भएको छ । यसका अतिरिक्त यसमा सात तहको मोनो–शक सस्पेन्सन समायोजन गरिएको छ जसमा सर्वश्रेष्ठ सवारी ह्याण्डलिङ, थप सुरक्षाको लागि एकल च्यानल एबिएसयुक्त २७६ मिमिको अग्र डिस्क र २२० मिमिको पछाडीको ब्रेक प्रणाली रहेका छन् ।

प्लेजर प्लस ११०
pleasure plus right side view 600x300

कम्पनीको नयाँप्लेजर प्लस ११० मा रेट्रो डिजाइन र पर्फरमेन्ससहितको शक्तिशालीप्रभावकारी शक्तियुक्त छ । यस स्कुटरमा जडान गरिएको नयाँ ११० सीसी इन्जिनजसले ७५०० आरपीएममा ८ बीएचपीको शक्तिप्रदान गर्ने क्षमता राख्दछ ।

यसका अलावा स्कुटरले ५५ सय आरपीएममा ८.७ एनएमको अधिकतम असरदार टर्क प्रदान गर्दछ, जसले १०१ किलोको वजनलाई संयोजन गर्दै यात्रालाई मनोरन्जक बनाइदिने कम्पनीले जनाएको छ ।  प्लेजर प्लस ११० मा डिजाइन तत्वहरु जस्तै नयाँ रेट्रो फ्रन्ट, स्लीक रियर पुच्छ्रे बत्ती र दोहोरो विन्यास सिटसहित आधुनिक र पुरातन बनावटको सही सन्तुलन पाउन सकिन्छ ।

चालकको सुविधा र सुरक्षालाई मध्यनजर राखेर स्कुटरमा युएसबिचार्जरलाई अग्रभागको खल्ती नजिकै सजिलै भेटिने गरी राखिएको छ भनें यसमा एलइडि बूट बत्ती, एकीकृत ब्रेक लगाउने प्रणाली र इन्धनतथा साइड स्ट्याण्ड संकेतकसहितनयाँ ब्याकलिट गतिसूचकयन्त्र जस्ता विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .