ad ad

बाइक


नाडामा सुजुकीले बेच्यो ६ वटा मोटरसाइकल, ७० वटा बुकिङ

नाडामा सुजुकीले बेच्यो ६ वटा मोटरसाइकल, ७० वटा बुकिङ

नेपालखबर
भदौ १८, २०७६ बुधबार ११:२९,

 नेपालमा सुजुकीको मोटरसाइकल तथा स्कुटरको कारोबार गर्दै आएको कम्पनीको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले नाडा अटो शोमा छवटा माेटरसाइकल बिक्री भएकाे जनाएकाे छ। त्यस्तै ७० वटा माेटरसाइकल बुकिङ भएका छन्। नेपालकै ठूलाे सवारीसाधन मेलाका रूपमा चिनिने नाडा अटाे शाेमा सुजुकीले पाँचवटा नयाँ ब्रान्डहरु प्रदर्शनीमा राखेको थियो।

समग्रमा नाडा अटो शो अवधिभर सोचेभन्दा राम्रो प्रतिक्रिया आएको कम्पनीका मार्केटिङ मेनेजर समित सिंह बताउँछन्। उनले भने, 'कुल १ हजार ५ सय जनाले यसबारे जानकारी लिएका थिए। त्यसमा ६ वटा मोटरसाइकल डेलिभरी भएको छ भने ७० वटा मोटरसाइकलको अग्रिम माग भइसकेको छ।'

suzuki srinkhala

मिस नेपाल २०१८ रहेकी शृंखला खतिवडा कम्पनीको स्कुटरको लागि ब्रान्ड दूत रहेकी छिन्। उक्त अटो शोमा मिस नेपाल खतिवडा कम्पनीको स्टलमै पुगेर प्रवद्र्धन गरेकी थिइन्।

कम्पनीका नयाँ सिरिजका जिक्सर मोटरसाइकलमा दर्शकहरुको भीड लागेको थियो। नयाँ सिरिजका जिक्सर१५० नेकेट भर्सनको मूल्य ३ लाख १५ हजार ९ सय रहेको छ। त्यस्तै जिक्सर २५० नेकेटको मूल्य ४ लाख ६१ हजार ९ सय रुपैयाँ रहेको छ। यो डुअल च्यानल एबीएस जडित मोटरसाइकल हो।

suzuki srinkhala 2

त्यस्तै जिक्सर एसएफ१५० मोटो जीपीमा ३ लाख ७२ हजार ९ सय मूल्य राखिएको छ भने जिक्सर मोटोजीपी २५० को ४ लाख ९९ हजार नौ सय मूल्य पर्ने कम्पनीले जनाएको छ। यसैगरी जिक्सर एसएफ१५०को मूल्य ३ लाख ६८ हजार ९ सय रुपैयाँ छ। त्यस्तै जिक्सर एसएफ २५० मोटोजीपीमा ४ लाख ९९ हजार मूल्य राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .