ad ad

बाइक


यामाहाको नेकेड बाइक एमटी१५ बजारमा, मूल्य ४ लाख २४ हजार

यामाहाको नेकेड बाइक एमटी१५ बजारमा, मूल्य ४ लाख २४ हजार

नेपालखबर
भदौ ९, २०७६ सोमबार ७:२३,

यामाहाको नेकेड बाइक एमटी१५ बजारमा सार्वजनिक गरिएको छ। कम्पनीको लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले यमाहा एमटी१५ बाइक औपचारिक रुपमा नेपाली बजारमा सार्वजनिक गरेको हो।

नयाँ एमटी१५ मा लिल्डि फोर स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पिड ट्रान्समिसन भएको १ सय ५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन रहेको छ। त्यस्तै भेरिएबल भल्भ एक्च्युएसन (भीभीए) र असिस्ट एण्ड स्लिपर (एएण्डएस) क्लचजस्ता अत्याधुनिक प्रविधि बाइकमा रहेको बताइएको छ।

mt 15

कम्पनीका अनुसार एमटी भनेको मास्टर अफ टर्क हो। यो सिरिजका यामाहा मोटरसाइकल पावर र एजाइलिटीका लागि प्रसिद्ध रहेको छ। हाइपर नेकेड प्लेटफर्ममा बनेको यो बाइकमा प्रयोग भएको फ्युल इन्जेक्टेड इन्जिनले १० हजार आरपीएममा अधिकतम १९.३ पीएस शक्ति र ८५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ। विशेषगरी युवा राइडरलाई लक्षित गरी यो बाइक नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ। कम र मध्यम आरपीएममा पनि टर्कमा अधिकतम क्षमता दिने कम्पनीको दाबी छ।

mt 15 3

यो बाइकमा १ सय ४० एमएमको रियर टायर र २ सय ८२ एमएमको सिंगल च्यानलसहितको फ्रन्ट डिस्क रहेको छ। यसले ब्रेकिङलाई सटिक र सुरक्षित बनाउने बताइएको छ। बाइकमा सानो देखिने बाई फंक्स्नल हेडलाइट, भर्टिकल टेलसहितको छोटो टेल र अन्य ग्राफिक्स तथा फिनिसले एमटीको एग्रेसिभ स्टाइललाई झल्काएको छ।

यो बाइकको मूल्य ४ लाख २४ हजार नौ सय रुपैयाँ तोकिएको छ। मेटालिक ब्ल्याक र डार्क म्याट ब्लु गरी दुई रंगमा यो बाइक उपलब्ध रहेको छ। बाइकको तौल १ सय ३८ किलोग्राम रहेको छ। यसमा ग्राउन्ड क्लियरेन्स १ सय ५५ एमएम छ भने इन्जिन वार्म अपटाइम कम गर्न थर्मोस्याट कुलिङ सिस्टम जडान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .