ad ad

बाइक


टीभीएस एनटर्क १२५ स्कुटरको ब्राण्ड दूत नियुक्त भए स्वस्तिमा र प्रदिप

टीभीएस एनटर्क १२५ स्कुटरको ब्राण्ड दूत नियुक्त भए स्वस्तिमा र प्रदिप

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार १२:४०,

टीभीएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा ल्याएको एनटर्क १२५ स्कुटरको लागि कम्पनीले नायिका स्वस्तिमा खण्डका र नायक प्रदिप खड्कालाई ब्राण्ड दूत बनाएको छ।

उक्त स्कुटरमा स्मार्ट एक्सोनेट रहेको छ र यो नेपालमै पहिलो कनेक्टेड स्कुटर रहेको समेत कम्पनीले दाबी गरेको छ। टीभीएस रेसिङ प्रेडिग्रीमा आधारित भएर गरिएको छ। यसमा स्टेट अफ आर्ट सीभीटीई आरईभीभी ३ भल्को इन्जिन रहेको छ। यसमा रहेको थप भल्भहरुले प्रदर्शन उच्च बनाउन मद्दत गर्ने र एक्जस्ट नोटमा प्रतिघण्टा ९५ किलोमिटरको उच्च गति दिने कम्पनीको भनाइ छ। यसमा ब्लुटुथ इनबल्ड प्रविधि रहेको छ। जुन एनटर्क मोबाइल एपसँग जोडिएको छ।

tvs entorq 3

यो गुगल प्ले स्टोरबाट सहजै डाउनलोड गर्न सकिने बताएको छ। स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित भएर टीभीएस एनटर्क १२५ ले सार्प, सिग्नेचर टेल र एलइडी ल्याम्पसहित एग्रेसिभ स्टाइललाई समेत मूर्तरुप दिएको कम्पनीको भनाइ छ। उक्त स्कुटरको बारेमा बोल्दै नायिका स्वस्तिमा खड्काले आधुनिक प्रविधिको जडान भएको कारण गाडीमा चलाएजस्तो महसुस हुने बताइन्। उनले यो स्कुटर बढी पावरफल समेत रहेकोले नेपाली उपभोक्ताले मन पराउने समेत दाबी गरिन्।

त्यस्तै नायक प्रदिप खड्काले यो स्पोर्टी स्टकुरसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे। उनले यसको लुक्स र पर्फर्मेन्स समेत राम्रो रहेको कार्यक्रममा बताए। यो स्कुटरको सुरुवाती मूल्य दुई लाख २७ हजार ९ सय रूपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .