ad ad

बाइक


निषेधाज्ञा पहिले मोटरहेड बाइक खरिदमा अहिलेको अफरमा थप ५ हजार छुट पाइने

निषेधाज्ञा पहिले मोटरहेड बाइक खरिदमा अहिलेको अफरमा थप ५ हजार छुट पाइने

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १२:८,

मोटरहेड बाइकले निषेधाज्ञा पहिले बाइक खरिद गर्दा अहिले जारी रहेको अफरमा थप ५ हजार छुट दिने बताएको छ ।

मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले १६ गतेदेखि हुने निषेधाज्ञालाई लक्षित गर्दै ‘बुक अर बाई’ नामक नयाँ स्किम ल्याएको हो।

कम्पनीले काठमाडौं उपत्यकामा वैशाख १६ भन्दा पहिले मोटरहेडका कुनै पनि बाइक बुकिङ गर्दा वा किन्दा हाल चलिरहेको स्किममा थप ५ हजार रुपैयाँ छुट उपलब्ध हुने गरी उक्त अफर ल्याएको हो।

काठमाडौंको बालाजु, टेकु र चाबहिल तथा ललितपुरको धोविघाट र भक्तपुरको सल्लाघारीमा रहेको मोटरहेड शोरुमबाट यो स्किम अन्तर्गतको छुट उपलब्ध हुने जनाएको छ।

हाल नेपाली बजारमा मोटरहेडका स्क्र्याम्बलर २५०, एमएच २००, टेक्कन २५०, स्पोट्र्स अफरोड टायर, स्पोट्र्स रोड टायर, एक्सटर्क र एमएच १५० आर छन्।

अहिलेको अफरअन्तर्गत कम्पनीले १२ हजार क्यास छुट, ८ हजार फाइनान्स छुट र १५ हजारको एक्सचेन्ज अफर दिएकोमा थप अफर ल्याएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .