ad ad

बाइक


नयाँ वर्षमा मोटरसाइकल किन्दै हुनुहुन्छ? यी कम्पनीले दिँदै छन् छुटसहितकाे आकर्षक अफर

नयाँ वर्षमा मोटरसाइकल किन्दै हुनुहुन्छ? यी कम्पनीले दिँदै छन् छुटसहितकाे आकर्षक अफर

नेपालखबर
चैत २४, २०७७ मंगलबार ११:३४,

नेपाली बजारमा उपस्थित अधिकांश दुईपांग्रे सवारीसाधनले नयाँ वर्ष २०७८ को लागि आकर्षक अफर सार्वजनिक गरेका छन्।

कम्पनीहरुले नयाँ मोटरसाइकलको खरिदमा स्क्रयाच कुपनसहित नगद छुट दिने भएका हुन्।

नयाँ मोटरसाइकलको खरिदमा कम्पनीहरुले ५ हजारदेखि १० हजार रुपैयाँसम्म नगद छुट दिएका छन्। ग्राहकलाई निःशुल्क हेल्मेट र विभिन्न एसेसरिज समेत प्रदान गर्ने उल्लेख गरेका छन्।

किस्ताबन्दीमा मोटरसाइकल तथा स्कुटर खरिद गर्नेको लागि कम्पनीहरुले शून्य ब्याजदरमै उपलब्ध गराएका छन्। ग्राहकले बम्पर उपहारमा २० लाखसम्म नगद जित्न सक्नेछन्।

bajaz offer2078

बजाजको शून्य अफर
नयाँ वर्ष २०७८ को अवसरमा बजाज मोटरसाइकल खरिदमा १० हजार रुपैयाँ छुट दिइएको छ।

बजाजले ल्याएको शून्य अफरअन्तर्गत बजाजका मोटरसाइकल किन्न चाहने ग्राहकको सम्पूर्ण विवरण शोरुमहरुले भरिसकेपश्चात् उनीहरुलाई एउटा कोड उपलब्ध हुनेछ। सो कोडमार्फत उनीहरुलाई जति धेरै शून्य जान्छ, उति नै रुपैयाँ छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।

अफरअन्तर्गत न्यूनतम १० हजारका साथै १ लाख र १० लाख रुपैयाँसम्म पर्नेछ।

त्यसैगरी बजाजका मोटरसाइकल किन्दा सुुरुमा मोटरसाइकलको मूल्यको ५० प्रतिशत रकम बुझाएपछि बाँकी रकम १८ महिनासम्म तिर्न सकिनेछ। यसरी बाँकी रकममा कुनै पनि ब्याज लाग्नेछैन।

yamaha offer2078

यामाहाको फ्रिडम इनिसिएटेड योजना
यामाहा नेपालले नयाँवर्षको लागि आफ्नो प्रवर्द्धनात्मक ‘फ्रिडम इनिसिएटेड’ (एफआई) नयाँवर्ष २०७८ योजना अघि ल्याएको छ।

नव उत्सवलाई ज्यादा रोमाञ्चक एवं बृहत् बनाउँदै यामाहा नेपालले प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कारबापत २०.७८ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ।

साथै ग्राहकहरुले हरेक हप्ता स्क्य्राच कार्डमार्फत सयौं पुरकार प्राप्त गर्नेछ। क्य्राच कार्डमार्फत २.०७८ लाख रुपैयाँ प्रदान गर्नेछ।

यामाहाका कुनै पनि साधनको खरिदमा ७ हजार रुपैयाँ छुट दिएको छ। किस्तामा खरिद गर्न चाहने ग्राहकको लागि शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल उपलब्ध गराउनेछ।

hero new year offer2078

हिरोको हात खाली नहुने स्किम
हिरोले ‘नयाँ वर्ष हिरोको साथ, खाली हुन्न हात’ नामक स्किम ल्याएको छ, जसमा नगद छुट तथा शून्य प्रतिशत डाउन पेमेन्टको स्किम उपलब्ध छ।

हिरो मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले स्क्र्याच कार्डमार्फत १० हजार रुपैयाँसम्म छुट पाउन र लक्की ड्र मार्फत १ लाखसम्म जित्न सक्नेछन्।

हिरोका मोटरसाइकल तथा स्कुटर शून्य प्रतिशत डाउनपेमेन्टमा समेत खरिद गर्न सकिनेछ।

मोटरसाइकल वा स्कुटर किनेपछि ग्राहकले सर्भिसिङ गर्दा इन्जिन आयलमा ३० प्रतिशत र स्पेयर पार्ट्समा ७ प्रतिशत छुट प्राप्त गर्नेछन् । यी वाहेक ग्राहकलाई निःशुल्क हेल्मेट र विभिन्न एसेसरिज समेत प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ।

honda offer2078

होण्डाको ५ हजार क्यासब्याक
नयाँवर्षमा होण्डा नेपालले ‘मज्जाको अफर’ ल्याएको छ।

जसअन्तर्गत १ रुपैयाँ डाउनपेमेन्टमै होण्डाका मोटरसाइकल तथा स्कुटर चढ्न सकिन्छ। किस्तामा खरिद गर्नेले १ प्रतिशत ब्याजदर मात्रै तिर्दा पुग्छ।

त्यसैगरी कम्पनीले हरेक मोटरसाइकल तथा स्कुटरको फुल क्यास पेमेन्टमा ५ हजारसम्म क्यास ब्याक अफर ल्याएको छ।

vespa offer2078

भेस्पा अप्रिलियाका तीन विकल्पसहितको अफर
अप्रिलिया÷भेस्पाले नयाँ वर्षको धमाल योजना सार्वजनिक गरेको छ। कम्पनीले स्किमअन्तर्गत कुनै पनि स्कुटरमा नगद ५ हजार रुपैयाँ छुट उपलब्ध हुनेछ। त्यसैगरी फाइनान्समार्फत स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि शून्य प्रतिशत ब्याजमा फाइनान्स सुविधा उपलब्ध गराउने छ।

स्किमअन्तर्गत ३ मध्ये आफूलाई मन लागेको कुनै १ विकल्प छान्न सकिने छ। नयाँ स्कुटर किन्ने ग्राहकलाई हेलमेट र किरिङलगायतका एसेसरिज समेत उपलब्ध हुने बताइएको छ।

योसँगै आफूसँग भएका कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटरसँग भेस्पा अप्रिलियाका स्कुटर साट्न चाहनेका लागि थप १० हजार रुपैयाँसम्म पाइनेछ।

suzuki offer2078

सुजुकीको नयाँ वर्ष बिग हर्ष
नयाँ वर्ष बिग हर्ष नाम दिइएको सो अफरअन्तर्गत मोटरसाइकल किन्नका लागि फाइनान्स र एक्सचेन्ज सुविधा सार्वजनिक गरेको छ। कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ सुजुकी मोटरसाइकल वा स्कुटर साट्न सकिनेछ।

सुजुकीको जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिदगर्न चाहने ग्रहाकले १० हजार नगद छुट पाउनेछन्।

नयाँ मोटरसाइकल खरिदगर्न चाहाने ग्रहाकले टेस्ट ड्राइभ गर्न पाउनेछन्। नयाँ मोटरसाइकलको खरिदमा ५ वर्षको वारेन्टी रहेको छ।

beneli offer2078

बेनेलीको क्यास डिस्काउन्ट
बेनेलीले नेपालले ‘सिओर सट क्यास डिस्काउन्ट अफर’ सार्वजनिक गरेको छ। इटालियन डिजाइन र इन्जिनियरिङको बेनली मोटरसाइकलो खरिदमा १५ हजार सम्म नगद छुट रहेको छ।

बेनेली टीएनटी १५ र टीएनटी १५०आई खरिद गर्दा १५ हजार रुपैयाँ सम्म नगद छुट दिने जनाएको छ।

त्यसैगरी बेनेली ३०२एस खरिद गर्दा एजीभी हेलमेट डिस्काउन्ट भौचरको रुपमा १० हजार सम्म नगद छुट पाइने भएको छ।

टीभीएसले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘टीभीएस वा, वाह, वाहह... ग्राहक योजना अघि ल्याएको छ।

यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटरकोे खरिदमा १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

मोटसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये एकजना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभमार्फत एउटा नयाँ टीभीएस अपाचे आरआर ३१० उपहारस्वरुप प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ।

crossfire offer2078

क्रसफायर र इटालिका मोटोको एक्स्चेन्जमा २० हजार बढी मूल्यांकन
क्लासिक ह्विल इम्पोर्ट एन्ड एक्सपोर्टले बिक्री गर्दै आएको क्रसफायर र इटालिका मोटोका मोटरसाइकल तथा स्कुटरसँगको एक्स्चेन्जमा २० हजार बढी भ्यालुएसन हुने कम्पनीले जनाएको छ।

नयाँ वर्ष २०७८ को अफरमा फुल क्यासमा खरिद गर्नेलाई १० हजार नगद छुट रहेको छ। क्रसफायर एचजे २५० को बुकिङमा ५ हजार छुटको व्यवस्था रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .