ad ad

बाइक


चीनले बनायो बीएमडब्ल्यू जी ३१० जीएस जस्तै मोटरसाइकल

चीनले बनायो बीएमडब्ल्यू जी ३१० जीएस जस्तै मोटरसाइकल

नेपालखबर
साउन २७, २०७६ सोमबार १०:५५,

बीएमडब्ल्यू जी ३१० जीएसको नक्कल गरी मोटरसाइकल चीनले बनाएको छ। बीएमडब्ल्यू जी ३१० जीएसकै जस्तै स्वरुपमा मोटरसाइकल उत्पादन गरिएको छ।

टुर एड्भेन्चर मोटरसाइकलमा सबै समान सामान प्रयोग गरिएको जोङसेन कम्पनी बताएको छ। केही समयपहिले भारतीय बजारमा निर्माण गरिएको बीएमडब्ल्यू जी ३१० जीएस मोटरसाइकल चीनमा क्लोन बनाइएको छ। यसको नाम एभरेष्ट राखिएको छ।

एभरेष्ट ४०० एक्समा ३७८ सीसी टु सिलिन्डर, ८ भल्भ, लिक्वीड कूल्ड इन्जिन रहेको चिनीयाँ कम्पनी जोङसेनले बताएको छ। यसको इन्जिनले ३६ पीएस पावर जेनेरेट गर्ने र ६ स्पिडको ट्रान्समिसन रहेको जनाइएको छ।

बिएमडब्ल्यू जी ३१० जीएसमा भने ३१० सीसी सिगंल सिलिन्डर इन्जिन रहेको छ भने ३४ बीएच पावर तथा २८ एनएम टर्क जेनेरेट गर्ने जोङसेनले बताएको छ।

यो मोटरसाइकलमा ४०० एक्सको फ्रन्टमा ४१ एमएमको यूएसडी फर्क र रियर तथा फ्रन्टमा डिस्क ब्रेकसहित एबीएस रहेको छ। मोटरसाइकलमा २२० एमएमको ग्राउन्ड क्लियरेन्स, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प, यूएसबी चार्जर र्पोट रहेको छ। यसको बजार मूल्य २९ हजार ८०० युआन रहेको जोङसेन कम्पनीले बताएको छ। यो ४ लाख ७७ हजार नेपाली रुपैयाँ हुन आउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .