ad ad

बाइक


नेपाल भित्रियो याडिया ब्रान्डका विद्युतीय साइकल, यस्ता छन् विशेषता

नेपाल भित्रियो याडिया ब्रान्डका विद्युतीय साइकल, यस्ता छन् विशेषता

नेपालखबर
चैत १, २०७७ आइतबार ११:५५,

चिनियाँ याडिया ब्राण्डको विद्युतीय साइकल नेपाली बजारमा भित्रिएको छ।

कम्पनीकाे नेपालमा आधिकारिक बिक्रेता रहेकाे कुजु नेपाल प्रालिले याडियाका साढे दुई लाखदेखि ४ लाख ३० हजार मूल्यसम्मका ४ वटा मोडल नेपाल भित्र्याएको हो।

याडिया विश्वमा विद्युतीय दुईपांग्रे सवारी उत्पादनमा अग्रणी कम्पनी मानिन्छ। कम्पनीले गत वर्ष ८० देशमा १ करोड बढी दुईपांग्रे सवारीसाधन बिक्री गरेको दाबी गरेको छ।

विद्युतीय दुईपांग्रे चिनियाँ ब्राण्ड याडियाको कुजुले टंगालमा नयाँ शोरुम खोली विद्युतीय साइकल बिक्री समेत सुरु गरेको छ।

विद्युतीय साइकलको मुख्य विशेषता ब्याट्री र मोटर रहेको छ। विद्युतीय साइकल अफरोड, डाउन रोड, पहाडी, सहरी सबै क्षेत्रमा गुडाउनको लागि उपयुक्त रहेको कम्पनीले बताएको छ।

yadia cycle12

साइकलमा सामसुङ कम्पनीको लिथियम आयनको ब्याट्री छ। साइकलमा ३६ भोल्टको ब्याट्री रहेको छ। साइकलको फुल चार्ज हुनको लागि साढे ४ घण्टा लाग्ने कम्पनीले जनाएको छ। एकपटक चार्ज भएपछि औसतमा १२० किमि गुड्नसक्ने कम्पनीले दाबी गरेको छ।

कुजु नेपालका निर्देशक उम्मीद श्रेष्ठले विद्युतीय साइलकको आफूहरुले व्यवस्थित रुपमा बिक्री गर्नथालेको बताए।

‘विद्युतीय साइकल नेपालमा व्यवस्थित रुपमा बिक्रीवितरण भएको थिएन’, निर्देशक श्रेष्ठले भने, ‘हामी याडिया ब्राण्डकै आधिकारिक बिक्रेता हौँ। साइकलसँगै स्कुटर पनि भित्र्याउँदै छौँ।’

उनले विद्युतीय साइकल भए पनि पेडिलिङ अनिवार्य रहेको बताएका छन्।

yadia cycle13

‘पेडलिङ त गर्नैपर्छ। ब्याट्रीको पावर उकालो, अप्ठ्यारो बाटो, अशक्त वा थाकेको समयमा प्रयोग गर्न सकिन्छ’, उनले भने।

साइकललाई आफूअनुकूल प्रयोग गर्न ३ वटा राइडिङ इको, कम्फर्ट र स्पोर्ट मुडमा प्रयोग गर्न सकिन्छ।

सबै मोडलमा ३५० वाटको मोटर रहेको छ। एसएस १००० र ८०० डिजिटल कलर डिस्प्ले रहेको छ भने वाईटी ५०० र वाईएस ५०० मा एलसीडी डिस्प्ले छ। जसमा साइकलमा कति ब्याट्री कति छ? साइकलको स्पिड कति छ? कति किलोमिटर कुद्यो लगायतको सबै जानकारी डिस्प्लेमा देखिनेछ।

डाउन हिल राइडिङको लागि एसएस हजार र ८०० उपयुक्त रहेको छ भने वाइटी ५०० र वाईएस ५०० दैनिक सहरी क्षेत्रमा कुदाउनको लागि सहज हुने कम्पनीले जनाएको छ।

साइकलको बडी आल्मुनियमको रहेको छ। वाइटी र वाईएस २४ केजी रहेका छन् भने एसएस २६÷२७ केजी रहेका छन्। ब्याट्रीको कारण साइकलको तौल बढी भएको कम्पनीले उल्लेख गरेको छ।

साइकलमा रातिको समयमा पर्याप्त प्रकाश पुग्ने लाइट रहेको छ। दुर्घटनाबाट सुरक्षित राख्नको लागि साइकलको पछाडि समेत लाइट जडान गरिएको छ।

yadia cycle14

‘एक्स्ट्रिम अफ रोडर’ एसएस १००० को मूल्य ४ लाख ३० हजार रहेको छ। एसएस ८०० को मूल्य ३ लाख ६५ हजार रुपैयाँ रहेको छ। त्यसैगरी वाईटी र वाईएस ५०० को साइकलको मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको छ।

कम्पनीले मोटर १ वर्ष र ब्याट्रीमा १८ महिनाको वारेन्टी दिएको छ। साइकलको कुनै पार्ट्स बिग्रिए कम्पनीले उपलब्ध गराउने बताएको छ। मोटर र ब्याट्रीबाहेकको पार्टस्को लागि कम्पनीमै जानुपर्ने आवश्यक नरहेको बताएको छ।

कम्पनीले दुई हप्ताभित्र याडिया ब्राण्डकै ४ वटा मोडलका विद्युतीय स्कुटर नेपाल भित्राउँदै छ। कुजु नेपाल प्रालि डीएफएसके गाडीका लागि नेपालको आधिकारिक बिक्रेता समेत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .