ad ad

बाइक


एमभी दुगडले थाल्यो ४ लाख पर्ने अप्रिला एसएक्सआर १६० स्कुटरको बिक्री

एमभी दुगडले थाल्यो ४ लाख पर्ने अप्रिला एसएक्सआर १६० स्कुटरको बिक्री

नेपालखबर
फागुन २३, २०७७ आइतबार ८:३१,

पियाजियो र एमभी दुगड ग्रुपले अप्रिला एसएक्सआर १६० स्कुटरको बिक्री नेपालमा सुरु गरेको छ।

यो नयाँ डिजाइन भाषाअनुसार डिजाइन गरिएको पहिलो स्कुटर भएको कम्पनीले जनाएको छ।

बहुप्रतीक्षित प्रिमियम स्कुटर नेपालको सबै डिलरशिपमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।

यसको प्रारम्भिक मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ छ।

aprillia 160sr3

बिक्री सुरु कार्यक्रममा पियाजियो इन्डियाका अध्यक्ष र प्रबन्धनिर्देशक डिएगो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल, एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट विजय महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

अप्रिलिया एसआर १६० ले अप्रिलियाको सबैभन्दा नयाँ ग्लोबल डिजाइन भाषा समावेश गरेको छ।

यसमा एकल सिलिन्डर, ४–स्ट्रोक, एयर कुल्ड, ३ भल्भ फ्युल इन्जेक्सन (एफआई), कम कार्बन इमिसन इन्जिन प्रविधि (बीएस६) रहेको छ। यसले ७१ सय आरपीएममा ११ पीएसको पिक पावर उत्पादन गर्छ।

यसका ग्राहकले उत्तम सवारी अनुभव र उच्चस्तरको आराम प्रदान गर्न ठूलो, लामो, आरामदायी र एर्गोनोमिक सिटहरु रचना गरेको छ।

सलक्क बडी ज्यामितीय रुपरेखा र उच्च शिल्पकौशलले अप्रिलियाको यो स्कुटर गतिशील प्रिमियम अपिल प्रतिविम्बित गरेको कम्पनीले जनाएको छ।

स्कुटर १२ भोल्ट, ५.० एएच, एमएफ ब्याट्रीको साथ र ७ लिटर इन्धन क्षमतायुक्त छ।

aprillia 160sr2

पियाजियोका अध्यक्ष तथा प्रबन्धनिर्देशक ग्राफीले सबैखाले ग्राहकलाई प्रिमियम स्कुटर उपलब्ध गराउनपाउँदा खुसी लागेको बताए।

उनले भने, ‘उत्कृष्ट शैली, उच्च प्रदर्शन र ठूलो विशेषताको प्रतीक अप्रिलिया एसआर १६० विशेष गरी इटालीमा डिजाइन गरिएको हो, हामी विश्वास गर्छौँ कि यो स्कुटरले नेपालको प्रिमियम टु ह्विलर बजारमा उच्च मापदण्ड सेट गर्नेछ।’

एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले ग्रुप पियाजियो ग्रुपसँग साझेदार गर्दै भेस्पा र अप्रिलियाका प्रिमियम उत्पादन बिक्री वितरण गर्दै आएको बताए।

नयाँ स्कुटरको समेत बिक्री गर्दा यसले युवा आवश्यकतालाई पूरा गर्ने उनको भनाइ थियो।

त्यस्तै पियाजियो ग्रुपका वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवालले नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपले टु ह्विलरमा अनुशासित ढंगले काम गर्न पाउँदा खुसी भएको बताए।

त्यस्तै अर्का उपाध्यक्ष विजय महतोले महमारीको बाबजुद पनि राम्रो काम गर्दै आएको बताए। उनले नेपालभर ३६ सक्रिय थ्रिएस सुविधाको भेस्पा र अप्रिलिया डिलर र शोरुमहरुबाट कार्यसञ्चालन गर्ने बताए।

आजबाट बिक्री सुरु भएको अप्रिलिया एसआर १६० ३ कोट एचडी बडी पेन्ट फिनिस, अप्रिलिया फिचर ग्राफिक्स, म्याट कालो डिजाइन सम्मिलित डार्कक्रोम एलिमेन्ट्सको साथ उपलब्ध गराइएको छ।

एलईडी टेक्नोलोजी ट्विन्स क्रिस्टल हेड लाइट र आईलाइन पोजिसन लाइटको साथ मर्ज भएको फ्रन्ट इन्डिकेटर ब्लिंकरले अद्वितीय प्रकाश सिर्जना गर्ने कम्पनीको दाबी छ।

यो स्कुटर आकर्षक ग्लसी रेड, म्याट निलो, ग्लसी ह्वाइट र म्याट ब्ल्याक रंगमा उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .