ad ad

बाइक


मोटरहेडका स्पोर्ट्स मोटरसाइकलको मूल्य बढ्यो, यस्तो छ मूल्यसूची

मोटरहेडका स्पोर्ट्स मोटरसाइकलको मूल्य बढ्यो, यस्तो छ मूल्यसूची

नेपालखबर
माघ २७, २०७७ मंगलबार ११:२१,

मोटरहेड ब्राण्डका स्पोर्ट्स भर्सनका बाइकहरूको नयाँ मूल्य सार्वजनिक भएको छ।

मोटरहेड बाइकको नेपालको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले स्पोर्टस मोटरसाइकलमा मूल्यवृद्धि गरेको हो।

स्पोर्टस रोड भर्सन बाइकको मूल्य ३ लाख ७० हजार रुपैयाँ र स्पोर्टस अफरोड भर्सन बाइकको नयाँ मूल्य ३ लाख ६८ हजार रुपैयाँ कायम भएको कम्पनीले जनाएको छ।

मोटरहेडका एमएच २०० को मूल्य ३ लाख ७५ हजार रुपैयाँ, टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ र स्क्र्याम्ब्लर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ रहेको छ।

पछिल्लोसमय लोकपिय बन्दै गएको मोटरहेड आफ्नै सुविधासम्पन्न शोरुम धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजूमा स्थापना गरेको छ।

त्यसैगरी काठमाडौंको टेकु र मित्रपार्कसहित देशभर कम्पनीले डिलर नेटवर्ट मार्फत मोटरहेड बाइकको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर्स पार्टस्को सेवा उपलब्ध गराइरहेको छ।

त्यस्तै काठमाडौं बाहिर बनेपा, नेपालगञ्ज, चितवन, वीरेन्द्रनगर, वीरगन्ज, तुलसीपुर, पोखरा, इटहरि, बागलुङमा कम्पनीले डिलर विस्तार गरिसकेको छ । बुटवलमा नयाँ शोरुम स्थापना हुँदैछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .