ad ad

बाइक


इटहरीमा एफजीएस एफआई भी३ सार्वजनिक

इटहरीमा एफजीएस एफआई भी३ सार्वजनिक

नेपालखबर
जेठ २८, २०७६ मंगलबार ५:५६,

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा भित्र्याएको एफजीएस एफआई भी३ इटहरी बिक्रेता तिरुपति अटो सिटीले एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको हो।

फ्युल इन्जेक्सन प्रविधि र एन्टिलक सिस्टम दुबै भएको १५० सिसीको एफजीएस एफआई भी३ पहिलो मोटरसाइकल भएर र सबैखाले मौसम र सडकको अवस्थामा पनि सजिलै चलाउन सकिने सुविधायुक्त रहेको एमएडब्लु इन्टरप्राइजेजका विक्री अधिकृत प्रकाश देवकोटाले जानकारी दिए।

yam1

यस मोटरसाइकलमा फ्रन्ट र ब्याक दुबै ह्वीलमा डिस्क ब्रेकको व्यवस्था रहेको समेत उनले बताए। सार्वजनिक गरिएको मोटरसाईकलको विक्री सुरु भइसकेको तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले जानकारी दिए।

मोटरसाइकल सार्वजनिक तथा फिल द थ्रिल रोड शो कार्यक्रममा विभिन्न कलाकारहरुका प्रस्तुति रहेका थिए भने व्यवसायी भीम पौडेल, शैलेश विष्ट, इटहरीका प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेल लगायतको सहभागिता रहेको थियो।

yam2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .