ad ad

बाइक


बजाज पल्सर १२५ सीसीमा आउँदै!

बजाज पल्सर १२५ सीसीमा आउँदै!

नेपालखबर
साउन १६, २०७६ बिहिबार १२:१०,

बजाज कम्पानीले पल्सर १२५ भारतीय बजारमा आउने भएको छ। पल्सर मोटरसाइकल नयाँ संस्करण एनएस ब्रान्ड मात्र नभई पल्सर ब्रान्ड रहेको बताइएको छ।

यसमा ३७ एमएम टेलिस्कोपिक सस्पेन्सन सेटअप र रियरमा ट्वीन स्प्रिङ सस्पेन्सन सेटअप रहेको छ भने फ्रन्टमा २४० एमएम डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक रहेको कम्पनीले जनाएको छ। एयरकुल्ड डीटीएसआई इन्जिनले १३.५ बीएच पावर र १२ एनएम टर्क क्षमता दिने बताइएको छ।

१२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिनसहित मोटरसाइकलमा सिंगल पिस सिट रहेको बताइएको छ। केही समयअगाडि कम्पनीले अन्तर्राष्ट्रिय बजारमा एनएस १२५ सार्वजनिक गरिसकेको छ।

हेलोजन हेडल्याम्पसँगै एलइडी डीआरएलएस, सेमि डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मस्कुलर फ्युल ट्यांकी रह‍ेको कम्पनीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .