ad ad

बाइक


रोयल इन्फिल्डको क्लासिक३५०को सिग्नल्स भेरिएन्ट नेपालमा, मूल्य कति?

रोयल इन्फिल्डको क्लासिक३५०को सिग्नल्स भेरिएन्ट नेपालमा, मूल्य कति?

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ६:५९,

एमभी दुगड ग्रुपले रोयल इन्फिल्ड ब्रान्डको लोकप्रिय मोडल क्लासिक ३५० सीसीको सिग्नल्स भेरियन्टअन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरु एयरबोर्न ब्लु र स्टोर्मराइडर स्यान्ड नेपालमा सार्वजनिक गरेको छ।

रेट्रोलूक्स र म्याट फिनिस भएको यो मोटरसाइकलमा थप सुरक्षाको लागि डुअल च्यानल एबीएस पनि राखिएको छ। सुरुवाती दिनहरुदेखि नै सफलता हासिल गर्दै आएको यो ब्रान्डका मोटरसाइकलहरुले विशेष चर्चा बटुलेका छन्।

ग्रुपले प्रेस विज्ञप्तिमा भनेको छ, ‘यही आफ्नो गौरवमय इतिहासलाई निरन्तरता दिँदै यो मोटरसाइकल बजारमा ल्याइएको हो।’

यो मोटरसाइकल नयाँ पुस्तालक्षित भए पनि युवादेखि वृद्धसम्म सबैको मन जितिरहेको कम्पनीको दाबी छ।

नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले आफ्नो १९ वटै शाखा तथा डिलरहरुमा क्लासिक ३५० सीसी सिग्लल्स बिक्री प्रवर्द्धन सुरु गर्ने भएको छ। बीएस६ संस्करणअन्तर्गत रेट्रोलूक्स, म्याट फिनिस भएको यस मोटरसाइकलमा थप सुरक्षाको लागि डुअल च्यानल एबीएस राखिएको छ।

यसको मूल्य ५ लाख ९९ हजार ९९९ रुपैयाँ राखिएको छ। दुई नयाँ रंगमा आएको मोटरसाइकल यही मंसिर १४ गतेदेखि अर्थात् आजदेखि बुकिङ्ग तथा बिक्रीवितरण सुरु गरिने कम्पनीको भनाइ छ।

सन् २००८ देखि रोयल इन्फिल्ड क्लासिक ३५० सीसी मोडलको मोटरसाइकल बिक्रीवितरणमा आएको थियो।

यसले दोस्रो विश्वयुद्धपछिका बेलायती मोटरसाइकलको स्मरण गराउने र सोही प्रकृतिको मजबुती दिने दाबी गरिन्छ। यसको इन्जिनलगायत सबै पार्टपुर्जाले ब्रिटिश मोटरसाइकलको झल्को दिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .