बजाज कम्पनीको नयाँ सिटी ११० को नयाँ सस्करण भारतीय बजारमा सार्वजनिक भएको छ। यसको शोरुम मूल्य ३७ हजारदेखि ४४ हजार ४ सय ८० भारतीय रुपैयाँ रहेको छ।
कम्पनीका अनुसार यो मोटरसाइकल ग्रामीण सडकका लागि उपयोगी रहेको छ। ११५ सीसीको यो मोटरसाइकल भारतपछि नेपालमा पनि छिट्टै आउनेछ।
सहरी क्षेत्रका उपभोक्ताका लागि किफायती सस्तो मूल्यको मोटरसाइकल रहेको छ। सोही कारण नेपालमा पनि यो मोटरसाइकल उपयोगी हुनसक्छ। यो मोटरसाइकल अहिलेसम्म ५० लाखभन्दा धेरै बिक्री भइसकेको कम्पनीका अध्यक्ष सारग कनाडेले बताएका छन्।
3
Shares
प्रतिक्रिया